
काठमाडौं । धितोपत्र बोर्ड सञ्चालक समितिले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) मर्जरसम्बन्धी निर्देशिका पारित गरेको छ ।
आज बिहान बसेको बोर्डको सञ्चालक समितिको बैठकले उक्त निर्देशिका पारित गरेको हो । निर्देशिका पारित भएसँगै ब्रोकर कम्पनीलाई मर्जरमा जान बाटो खुलेको छ ।
चुक्ता पुँजी नपुगेका ब्रोकर कम्पनीलाई मर्जरमा लैजानका लागि बोर्डले निर्देशिका बनाएको हो ।
धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली– २०६४ मा २०७९ भदौ २९ गते भएको पाँचौ संशोधनमा ब्रोकर कम्पनीको चुक्ता तोकेको छ । नियमावलीको अनुसूची ९ मा सीमित कार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी २० करोड, पूर्वकार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।
पुँजी नपुगेका ३८ वटा ब्रोकरलाई उक्त नियमावलीको नियम १० को (१क) मा भएको व्यवस्था अनुसार पुँजी पुर्याउने योजना बोर्डले मागेको थियो ।
नियम १० को (१क)मा ‘धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले उपनियम (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम न्यूनतम पुँजी पुर्याउन सक्ने अवस्था नभएमा तोकिएको समय समाप्त हुनुभन्दा कम्तीमा छ महिना अगावै नियम ७ क बमोजिम प्राप्ति गर्ने वा गाभिने गरी बोर्ड समक्ष निवेदन दिन सक्नेछ’ भन्ने व्यवस्था गरेको छ । ७ क मा ‘धितोपत्र दलाल वा व्यापारीले बोर्डको स्वीकृति लिई अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्न वा गाभ्नरगाभिन सक्नेछ’ भन्ने व्यवस्था छ ।
नियम १० को (१क)मा भएको व्यवस्था अनुसार नै पुँजी पुर्याउनु ६ महिना अघि पुँजी पुर्याउने योजना माग गरेको थियो ।
नियमावलीको नियम १० को १ मा ‘नियम प्रारम्भ हुँदाका वखत संचालनमा रहेका धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले सम्वत् २०८२ साल असार मसान्तभित्र अनुसूचि–९ बमोजिमको न्यूनतम चुक्ता पूँजी पुर्याउन बाधा पर्ने छैन’ भन्ने व्यवस्था गरेको छ ।
धितोपत्र बोर्डका अनुसार २४ वटा कम्पनीले बोनस, हकप्रद वा मर्जर गरेर पुँजी पुर्याउने योजना पेश गरेका छन् ।
पुँजी पुर्याउन तीन विकल्प अघि सारेका ब्रोकर कम्पनीहरु कुमारी सेक्युरिटिज प्रा.लि, अरुण सेक्युरिटिज प्रा.लि, मार्केट सेक्युरिटिज एक्स्चेञ्ज कम्पनी.प्रा.लि, जे.एफ.सेक्युरिटिज कम्पनी प्रा.लि, आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिज प्रा.लि, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग कम्पनी.प्रा.लि, थ्राईभ ब्रोकरेज हाउस प्रा.लि, रहेका छन् ।
यस्तै एबीसी सेक्युरिटिज प्रा.लि, सगरमाथा सेक्युरिटिज प्रा.लि, सिप्ला सेक्युरिटिज प्रा.लि, मिडास स्टक ब्रोकिङ कम्पनी.प्रा.लि, सिप्रबि सेक्युरिटिज प्रा.लि, स्वेता सेक्युरिटिज प्रा.लि, एशियन सेक्युरिटिज प्रा.लि, श्रीकृष्ण सेक्युरिटिज लि, कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि, सेक्युर्ड सेक्युरिटिज लि, सुमेरु सेक्युरिटिज प्रा.लि, क्रियटिभ सेक्युरिटिज प्रा.लि, इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रा.लि, सेवा सेक्युरिटिज प्रा.लि, श्री हरि सेक्युरिटिज प्रा.लि, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि र दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रा.लि रहेका छन् ।
यस्तै १२ वटा ब्रोकर कम्पनीले चालुु आवको असार मसान्तसम्म बोर्डले तोकेको पुुँजी पुर्याउने जवाफ बोर्डमा पेश गरेका छन् । चाल आवभित्रै पुँजी पु¥याउन तयार ब्रोकरहरु ओपल सेक्युरिटिज इन्भेष्टमेण्ट प्रा.लि, प्रज्ञान सेक्युरिटिज प्रा.लि, नेपाल स्टक हाउस प्रा.लि, प्राइमो सेक्युरिटिज प्रा.लि, नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ्ग प्रा.लि, त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट लि. लिन्च स्टक मार्केट लि, रहेको छ । यस्तै साउथ एशियन बुल्स प्रा.लि, कालिका सेक्युरिटिज प्रा.लि, निभ सेक्युरिटिज प्रा.लि, क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रा.लि, सुन्धारा सेक्युरिटिज लि, भृकुटी स्टक ब्रोकिङ कम्पनी.प्रा.लि रहेका छन् ।
यी कम्पनीले असार मसान्तमा पुँजी पुर्याउने भने पनि कसरी पुर्याउने भन्ने यकिन गरेका छैनन् । १२ कम्पनीलाई कसरी पुँजी पुर्याउने भनेर स्पष्ट योजना पेश नगरेपछि पुन स्पष्ट योजना माग्ने तयारी रहेको बोर्डले जनाएको छ ।
प्रतिक्रिया