नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक फिर्ता गर्न कर्मचारीको माग, केन्द्रीय कार्यालय अगाडि प्रदर्शन

224
Shares

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक फिर्ता गर्न प्राधिकरण सम्बद्ध कर्मचारीको माग गरेका छन् । उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेय , २०८१ संसदमा दर्ता भएको विरुद्धमा त्यसलाई फिर्ता गर्द माग गर्दै विरोध प्रदर्शन गरेको छन् ।

प्राधिकरणको आधिकारिक ट्रेड युनियनले बुधबार सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालय अगाडि नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ तत्काल फिर्ता गर्न माग गरेका छन् ।

हवाई क्षेत्रमाथि निजीकरण हुन लागेको भन्दै हवाई क्षेत्र निजीकरण तत्काल बन्द हुनुपर्ने माग रहेको छ । प्रदर्शनकारीहरुले हवाई माफियाहरु होशियार,नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने राष्ट्रघाती विधेयक फिर्ता गर, हवाई क्षेत्रमाथि हुन लागेको निजीकरण बन्द गर, विधेयकमाथि विधेयक लाद्ने श्रृंखलाको अन्त्य गरौँ लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् ।