सरकारले कुलमानलाई हटाएकोमा विपक्षीले गरे संसदमा बिरोध (भिडियो)

203
Shares

काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका विपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा बिरोध जनाएका छन् ।

बुधबारको बैठक सुरू हुनेबित्तिकै माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतका विपक्षी दलका सांसदहरू उठेर आपत्ति जनाएका छन् ।

सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्ने अवसर दिएपछि उनले घिसिङलाई हटाउने सरकारको निर्णयको बिरोध गरे । त्यसपछि प्रतिपक्षी दलका सांसदहरुले उठेर बिरोध जनाइरहेका छन् । सभामुख घिमिरेले बारम्बार बस्न आग्रह गरे पनि उनीहरुले उठेर बिरोध जनाइरेका हुन् ।