
काठमाडौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी मनोज ज्ञवालीले पाएका छन् ।
बैंकका सीईओ ज्ञानेन्द्र ढुुंगानाले राजनीतिमा दिएसँगै ज्ञवाली कामु सीईओ बनेका हुन् । हाल उनी बैंकमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।
ढुंगानाले १० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए । आज बसेको बैंक सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । साथै आजै बसेको बैठकले ज्ञवालीलाई कामूको जिम्मेवारी दिएको हो ।
ढुुंगाना राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा छन् ।

प्रतिक्रिया