
काठमाडौं । सत्तारुढ दलहरूको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पछिल्लो घटनाक्रम, सत्ता सञ्चालन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत सहभागी छन् ।
कुलमान घिसिङलाई सोमबार सरकारले नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त गरेपछि मंगलबार सत्ता साझेदार दलहरुको बैठक बसेको हो ।
कुलमानलाई हटाउने सरकारको निर्णयको कतिपय सत्तापक्षकै नेताहरुले चर्को बिरोध गरेका छन् ।
प्रतिक्रिया