कुलमानलाई सरकारले बर्खास्त गरेको बिरोधमा सिंहदरबारमा प्रदर्शन गर्ने आन्दोलनकारी पक्राउ

483
Shares

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको बिरोधमा प्रदर्शनमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार सिंहदरबारमा कुलमानको पक्षमा प्रदर्शनमा उत्रिएका नेकपा बहुमतका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेसँगै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित नागरिक समाजले माइतीघर मण्डला, बानेश्वर र सिंहदरबारमा प्रदर्शन गरेका छन् ।