सनलङ ईभी यु-३ कार्गो भ्यान नेपाली बजारमा सार्वजनिक

63
Shares

काठमाडौं । ब्लु कर्पोरेसन प्रालिले सनलङको कार्गो भ्यान नेपालमा भित्र्याएको  छ ।

कम्पनीले ललितपुरको बालकुमारीमा शोरुम स्थापना  गरेर सनलङ ईभी यू-३ कार्गो भ्यान सार्वजनिक गरेको हो । ब्लू कर्पोरेशनले ३१ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको  छ ।

एक पटकको फुलचार्जमा २८६ किलोमिटरसम्म रेन्ज दिने सनलङ ईभी यू-३ मा ७० किलोवाट क्षमाताको सनलङ ईभी यू-३ मा  मोटर उपलब्ध छ । ४२ किलोवाट आवरको लिथियम आइरन फोस्पेट ब्याट्री दिएको छ कम्पनीको  भनाइ छ ।

उक्त  ईभीको लम्वाई ४९९५ एमएम, चौडाइ १६६५ एमएम, उचाइ १८२० एमएम र ह्वीलवेस ३०५० एमएम रहेको कार्गोको स्पेस लम्बाई ३१५५ एमएम, चौडाइ १५४० एमएम र उचाई ३३० एमएम छ । १.४ टन लोडिङ क्षमता रहेको  ईभीको  टप स्पीड ९० किलोमिटर प्रतिघण्टासम्म रहेको कम्पनीको दाबी रहेको  छ ।

१८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको ब्याट्री र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टि दिने  कम्पनीले बताएको  छ ।

 कम्पनीले निकट भविष्यमै कमर्शियल भ्यानसमेत ल्याउने तयारी पनि रहेको छ ।