युरोपमा सार्वजनिक भयो चांगनको ईभी ब्राण्ड दीपल, यसै वर्ष १० युरोपेली मुलुकमा विस्तार गर्ने योजना

42
Shares

काठमाडौं ।एक इन्टेलिजेन्ट लो-कार्बन मोबिलिटी प्रविधि कम्पनी चांगन अटोमोबाइलले जर्मनीमा ‘सेयरिङ द फ्युचर’ थिमको आफ्नो ब्रान्ड लन्च कार्यक्रममा युरोपका लागि आफ्ना तीन प्रमुख ब्रान्डहरू चांगन, दीपल र अभतार आधिकारिक रूपमा सुरु गरेको छ ।

यो माइलस्टोन चांगन  ‘भास्ट ओसन प्लान’ अन्तर्गत प्राविधिक नवप्रवर्तन र दिगोपनप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने एक नयाँ चरण भएको कम्पनीको दाबी छ । अनुसन्धान, उत्पादन, आपूर्ति श्रृंखला, बिक्री र सञ्चालनमा फैलिएको पूर्ण रूपमा एकीकृत युरोपेली इकोसिस्टमको साथ चांगनले लोकल ट्यालेन्टमा लगानी र क्षेत्रीय साझेदारहरूसँग सहकार्य गरेर अनि इन्टेलिजेन्ट र दिगो मोबिलिटीको भविष्यलाई अगाडि बढाएर युरोपेली उपभोक्ताहरूसँगको आफ्नो सम्बन्धलाई गहिरो बनाउन लागेको कम्पनीको दाबी छ ।

कार्यक्रममा चांगन ई जेरो सेभेन र दीपल एस जेरो फाईभसँगै युरोपेली डेब्यूको रूपमा दीपल एस जेरो सेभेन पनि प्रदर्शन गर्‍यो, जसको लन्च पछिल्लो चरणको लागि तय गरिएको थियो ।

६ देश र १० स्थानहरूमा फैलिएको आर एण्ड डी प्रणालीद्वारा संचालित चांगनको टेक्निकल इनोभेसन विश्वव्यापी रूपमा मान्यता प्राप्त छ । यसमा ३१ देश र क्षेत्रहरूबाट आउने १८ हजारभन्दा बढी आर एण्ड डी कर्मचारीहरू कार्यरत छन्, जसमा १६ प्रविधि अनुसन्धान र उत्पादन विकास केन्द्रहरू, १७ प्रविधि कम्पनी र १८० प्रयोगशालाहरू (राष्ट्रिय स्तरका प्रयोगशालाहरू सहित) रहेका छन् । जसले यसलाई युरोपेली ईभी बजारको एक प्रमुख भागको रूपमा स्थान दिन्छ ।

युरोपेली सुरुवातको एक हिस्साको रूपमा चांगनले सुरुमा नर्वे, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स र बेलायत जस्ता प्रमुख ईभी बजारहरूमा ध्यान केन्द्रित गर्दै बजार प्रवेशको औपचारिक रणनीति अपनाउँदैछ । सन् २०२८ सम्ममा कम्पनीले सबै प्रमुख युरोपेली बजारहरूमा उपस्थिति जनाउने योजना बनाएको छ । नेदरल्याण्ड्समा अवस्थित युरोपेली मुख्यालयले व्यापार सञ्चालनको केन्द्रको रूपमा काम गर्नेछ । बिक्री कम्पनीहरूको मुख्यालय जर्मनीको म्युनिखमा स्थापना गरिएको छ । हाल युरोपभरी लगभग ५०० कर्मचारीहरू कार्यरत छन् । जसमा इटाली र बेलायतका अनुभवी डिजाइनर र इन्जिनियरहरू पनि समावेश छन्। इनोभेसन र बजार संलग्नतालाई अगाडि बढाउनका लागि आफ्नो लोकल ट्यालेन्ट पूल विस्तार गर्न कम्पनी प्रतिबद्ध रहेको उल्लेख छ ।

‘जर्मनीमा आउन पाउँदा हामीलाई खुशी लागेको छ,’ चांगन अटोमोबाइलका अध्यक्ष झु हुआरोङले भने, ‘चाङआन एक खुला र सहयोगी कम्पनी हो जुन दिगो गतिशीलताको नेतृत्व गर्ने र मानव जीवनलाई फाइदा पुर्‍याउने स्पष्ट लक्ष्यद्वारा संचालित छ ।’

झुका अनुसार  यस वर्ष विश्वव्यापी रूपमा तीस लाख युनिट बिक्री गर्ने लक्ष्य राखिएको छ । ‘जसमा दस लाख विद्युतीकृत सवारी साधनहरू हुनेछन् । हामीले सन् २०३० सम्ममा प्रति वर्ष पाँच लाख सवारी साधनहरू डेलिभर गर्ने लक्ष्य राखेका छौं जसमा तीस लाख विद्युतीकृत हुनेछन्,’ झुले थपे, ‘ योसँगै हामी राम्रो भविष्यको लागि इनोभेसन पनि चलाइरहने छौं ।’

चांगन अटोमोबाइलले टेक-ड्रीभन इनोभेसन, इन्टेलिजेन्ट निर्माण र दिगो विकासलाई केन्द्रमा राखेर आफ्नो विश्वव्यापीकरणलाई तीव्र पार्दै विश्वस्तरीय अटो ब्रान्ड निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख छ ।

चांगन अटोमोबाइल एक इन्टेलिजेन्ट लो-कार्बन मोबिलिटी प्रविधि कम्पनी हो जसमा ३१ देशका ९१५ भन्दा बढी विशेषज्ञहरू, चाङ-आन, डीपल, एभीएटिआर जस्ता विविध ब्रान्ड एवम् चाङआन फोर्ड, चाङआन माज्दा र जेएमसी जस्ता संयुक्त उद्यमहरू छन् । चांगनको बलियो उत्पादन फैलावट र विविधता छ जसमा यात्रुवाहक सवारी साधन, पिक-अप र हल्का व्यावसायिक सवारी साधनहरू समावेश छन् ।

प्रविधि इनोभेसनद्वारा संचालित बलियो क्षमता र औद्योगिक स्तरोन्नतिको साथमा दिगो मोबिलिटी इनोभेसनको लागि प्रतिबद्ध चांग अटोमोबाइल विश्वस्तरीय अटो ब्रान्ड बन्ने बाटोमा छ ।