आज मंगलबारः यस्तो छ तपाईंको राशिफल

336
Shares

आज मिति विक्रम संवत् २०८१ साल चैत १२ गते मंगलबार । अङ्ग्रेजी क्यालेन्डर अनुसार इस्वि संवत् सन् २०२५ मार्च २५ तारिख । शक संवत् १९४६ नेपाल संवत् ११४५ चिल्लाथ्व । कालयुक्तनाम संवत्सर । सूर्यउत्तरायण वसन्त ॠतु । चैत्र कृष्णपक्ष एकादशी तिथि रातको ११:५९ बजेसम्म, त्यसपछि द्वादशी तिथि । श्रवण नक्षत्र ००:३० बजेसम्म, त्यसपछि धनिष्ठा । शिव योग दिउँसो ११:३९ बजेसम्म, त्यसपछि सिद्ध योग वव करण दिउँसो १२:२७ बजेसम्म, त्यसपछि वालव २३:५९ बजेसम्म, त्यसपछि कौलव ।

चन्द्रमा मकर राशीमा रहेका छ्न् भने आनन्दादि योग लुम्ब रहेको छ । सूर्योदय बिहान ६:०४ हुनेछ भने सूर्यास्त साँझ ०६:१७ मा हुनेछ । आज पापमोचनी एकादशी व्रत ।

मेष
तपाईँका लागि आजको दिन उत्साहजनक छ । आर्थिक स्थिरता रहन्छ तर अनावश्यक खर्च बढ्न सक्छ । बक्यौता फिर्ता आउन सक्छ, कृषिसम्बन्धी उद्योग, खाद्य उत्पादन र आयुर्वेदिक व्यवसाय लाभदायक देखिन्छ, रियल स्टेट वा भारी कर्जाको कारोबारबाट टाढा रहनु राम्रो, दाजुभाइसँग असमझदारी बढ्नसक्छ, आमाको कमजोरी र सन्तानको पाचनसम्बन्धी समस्या आउनसक्छ, समाधानका लागि ॐ क्रां क्रीं क्रौं सः मङ्गलाय नमः मन्त्र जप गर्नुहोस्, दक्षिणपश्चिम दिशा शुभ, उत्तर–पश्चिम अशुभ, गाढा रातो वा मरून शुभ रङ, सेतो वा खैरो अशुभ, शुभ अंक ९, अशुभ अंक ४ रहेको छ ।

वृष
तपाईँका लागि आजको दिन चुनौतीपूर्ण दिन, आर्थिक क्षेत्रमा सतर्कता आवश्यक, जीवनसाथीको अनावश्यक खर्चले समस्या आउन सक्छ, कृषिमा केही चुनौती देखिए पनि व्यापार र उद्योगका लागि राम्रो अवसर, जग्गा-जमिन तथा सुनको कारोबारमा सावधानी अपनाउनु राम्रो, दिदी–बैनीसँग सहयोग मिल्नेछ, स्वास्थ्य सामान्य तर पाचन प्रणालीमा ध्यान दिनु उपयुक्त, समाधानका लागि ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः मन्त्र जप गर्नुहोस्, पश्चिम दिशा शुभ, पूर्व अशुभ, हल्का हरियो वा गुलाबी शुभ रङ, सेतो अशुभ, शुभ अंक ३, अशुभ अंक ५ ।

मिथुन
तपाईँका लागि आजको दिन खुशी र समृद्धि ल्याउने दिन छ । आर्थिक पक्षमा सुधार देखिन्छ, नयाँ सम्झौतामा सहमति बन्ने सम्भावना, कानुनी उल्झन आउन सक्छ, कृषि र औद्योगिक व्यवसाय लाभदायक तर रियल स्टेटमा लगानी नगर्नु उचित, दाजुभाइसँगको सम्बन्ध सुमधुर रहनेछ, जीवनसाथीसँग सम्बन्ध राम्रो तर दिदी / बैनीको स्वास्थ्यमा समस्या आउनसक्छ, कान र दाँतको समस्या देखिन सक्छ, समाधानका लागि ॐ बुं बुद्धाय नमः मन्त्र १०८ पटक जप गर्नुहोस्, पश्चिम दिशा शुभ, दक्षिण अशुभ, गाढा नीलो वा श्वेत शुभ रङ, हल्का रङ अशुभ, शुभ अंक १, अशुभ अंक ६ ।

कर्कट
तपाईँका लागि आजको दिन आर्थिक दृष्टिले मध्यम दिन, घरपरिवारमा केही असमझदारी आउन सक्छ, व्यापारमा राम्रो लाभ देखिए पनि ठूला लगानी नगर्नु उचित, रियल स्टेट र ठूला परियोजनाहरूमा लगानी रोक्नु राम्रो, सन्तानको शिक्षामा ध्यान दिनु आवश्यक, मानसिक तनाव बढ्न सक्छ, समाधानका लागि ॐ सोम सोमाय नमः मन्त्र जप गर्नुहोस्, उत्तर दिशा शुभ, पश्चिम अशुभ, सेतो वा सिल्की निलो शुभ रङ, कालो अशुभ, शुभ अंक २, अशुभ अंक ८ ।

सिंह
आजको दिन तपाईँको आत्मविश्वास बढ्ने छ । आर्थिक सुधार देखिन्छ, व्यक्तिगत जीवनमा मिठास आउनेछ, जागिरमा प्रमोशन वा प्रशंसा पाइने सम्भावना, प्रेम सम्बन्धमा सुधार आउनेछ, कानुनी मामिलामा सफलता मिल्नेछ, सवारीसाधन वा इलेक्ट्रोनिक्समा ठूलो खर्च हुनसक्छ, समाधानका लागि ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः मन्त्र जप गर्नुहोस् । पूर्व दिशा शुभ, उत्तर अशुभ, सुन्तला वा पहेँलो शुभ रङ, खरानी रङ अशुभ, शुभ अंक ७, अशुभ अंक ५ ।

कन्या
आजको दिन तपाईँका सम्बन्धहरू सुधार हुने दिन हो । व्यापारमा नयाँ अवसर मिल्नेछ, काममा सफलता पाइनेछ, कर्जा लिनु परेको खण्डमा सावधानी अपनाउनु पर्ने समय छ । दाम्पत्य जीवनमा मिठास आउनेछ, मानसिक शान्तिका लागि ध्यान आवश्यक, समाधानका लागि ॐ बृं बृं बृहस्पतये नमः मन्त्र जप गर्नुहोस्, दक्षिण दिशा शुभ, उत्तर अशुभ, हरियो वा नीलो शुभ रङ, रातो अशुभ, शुभ अंक ५, अशुभ अंक ३ ।

तुला
तपाईँका लागि आजको दिन सामाजिक मान–प्रतिष्ठा बढ्नेछ । पारिवारिक जिम्मेवारी बढ्नसक्छ, आर्थिक स्थितिमा सुधार आउनेछ, नयाँ अवसरहरू आउनेछन् तर साझेदारी व्यवसायमा विवाद आउनसक्छ, जीवनसाथीको साथ मिल्नेछ, स्वास्थ्यमा टाउको दुखाइ वा आँखासम्बन्धी समस्या देखिनसक्छ, समाधानका लागि ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः मन्त्र जप गर्नुहोस्, पश्चिम दिशा शुभ, दक्षिण अशुभ, हल्का गुलाबी वा सेतो शुभ रङ, खैरो अशुभ, शुभ अंक ६, अशुभ अंक ४ ।

वृश्चिक
तपाईँका लागि आजको दिन कठिन परिश्रमको प्रतिफल पाइनेछ । व्यापारमा राम्रै फाइदा देखिन्छ, पारिवारिक सम्बन्ध सुधारिनेछ, नजिकका साथीभाइसँग सहयोग मिल्नेछ, शेयर बजार वा ठूला परियोजनामा लगानी नगर्नु उचित, मानसिक अशान्ति हुनसक्छ, समाधानका लागि “ॐ कं कें कौं सः भौमाय नमः” मन्त्र जप गर्नुहोस्, उत्तर दिशा शुभ, पश्चिम अशुभ, गाढा रातो वा बैजनी शुभ रङ, सेतो अशुभ, शुभ अंक ८, अशुभ अंक २ ।

धनु
आजको दिन विदेश यात्रा वा अध्ययनका लागि तपाईँकालागि अनुकूल छ । आत्मविश्वास बढ्नेछ, रोजगारीमा अवसर मिल्नेछ, साझेदारी व्यवसाय लाभदायक देखिन्छ, घरपरिवारमा सामञ्जस्य बढ्नेछ, स्वास्थ्यमा थकान वा जोर्नी दुखाइ देखिनसक्छ, समाधानका लागि ॐ बृं बृहस्पतये नमः मन्त्र जप गर्नुहोस्, पूर्व दिशा शुभ, पश्चिम अशुभ, पहेँलो वा हरियो शुभ रङ, नीलो अशुभ, शुभ अंक ३, अशुभ अंक ९ ।

मकर
आज तपाईँका लागि आर्थिक पक्ष सबल रहनेछ । व्यापारमा फाइदा हुनेछ, परिश्रम अनुसार लाभ मिल्नेछ, पारिवारिक जीवनमा सुख–शान्ति आउनेछ, यात्रा गर्दा सावधानी अपनाउनु होला, स्वास्थ्यमा छाती वा पाचनसम्बन्धी समस्या आउनसक्छ, समाधानका लागि ॐ शनैश्चराय नमः मन्त्र जप गर्नुहोस्, दक्षिण दिशा शुभ, उत्तर अशुभ, नीलो वा कालो शुभ रङ, पहेँलो अशुभ, शुभ अंक ४, अशुभ अंक ७ ।

कुम्भ
तपाईँका लागि नयाँ अवसरहरू आउनेछन् । भविष्यका लागि राम्रो योजना बनाउन सकिनेछ, सामाजिक मान–प्रतिष्ठा बढ्नेछ, आर्थिक पक्ष सबल रहनेछ, नजिकका साथीहरूसँग असमझदारी बढ्नसक्छ, स्वास्थ्यमा रक्तचाप वा टाउको दुखाइ देखिनसक्छ, समाधानका लागि ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः मन्त्र जप गर्नुहोस्, पश्चिम दिशा शुभ, उत्तर अशुभ, गाढा नीलो वा बैजनी शुभ रङ, सेतो अशुभ, शुभ अंक ७, अशुभ अंक २ ।

मीन
आज तपाईँको धार्मिक कार्यमा मन जानेछ । पारिवारिक सम्बन्ध सुधारिनेछ । आर्थिक पक्ष सामान्य रहनेछ । नयाँ अवसरहरू प्राप्त हुनेछ्न । शिक्षा तथा खेल क्षेत्रमा लगानीमा शुभ हुने देखिन्छ । तर होटल पर्यटन तथा भारी उद्योगमा घाटा हुनसक्छ । स्वास्थ्यमा मानसिक तनाव बढ्नसक्छ, समाधानका लागि ॐ नमो भगवते वासुदेवाय मन्त्र जप गर्नुहोस्, उत्तर दिशा शुभ, दक्षिण अशुभ, हल्का पहेँलो वा हरियो शुभ रङ, रातो अशुभ, शुभ अंक २, अशुभ अंक ५ ।

जीवनमा सुख-समृद्धि बढिरहोस्, मन शान्त रहोस् । तपाईंका सबै कार्यहरू मंगलमय बनुन् । भोलिको राशिफलमा पुनः भेट हुनेछ । तबसम्म स्वस्थ, सुरक्षित र शुभ रहनुहोला । क्लिकमान्डु डटकम हेर्दै गर्नुहोला । लाइक, कमेट, सब्स्क्राइब गर्नुहोला । हजुरहरुको सुझाव र प्रतिक्रियाले हामीलाई अगाडि बढ्न मद्दत गर्नेछ । शुभदिन । जय होस् । नमस्कार ।