
काठमाडौं । सिटिजन्स बैंकले सबै प्रदेशमा रहेका अफ्ना ४९ शाखा कार्यालयबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
चैत्र ४ देखी १० गतेसम्म संचालन भएको ग्लोबल मनि विकमा सर्वसाधारण लक्षित वित्तीय ज्ञान प्र्रदान गरेको जनाएको छ ।
ग्लोबल मनि विक अन्तर्गत बैंकले कोशी प्रदेशको भोजपूर, महेन्द्रचोक विराटनगर, विर्तामोड, इटहरी, कर्सिया र शहिदभूमि, मधेश प्रदेशको वीरगन्ज, निजगढ, बोदेबर्साइ र जनकपूर, बाग्मती प्रदेशको भरतपुर, भैसेपाटी, मनहरी, मंगलपूर, चरिकोट, नारायणगढ, नारायणगोपाल चोकमा कार्यक्रम गरेको छ ।
धुमबाराही, ग्वार्खो, नयाँबजार, हरिहरपूरगढी, ज्यामिरे, टाँडी, कुलेश्वर, टेकु, लामबगर, डिल्लीबजार र सिन्धुली, गण्डकी प्रदेशको अमरापुरी, धारापानी बाग्लुङ्ग, चामे, दमौली, कावासोती र कोल्हुवा, लुम्बिनी प्रदेशको तुलसीपूर, जीतपूर, कालिकानगर, मनिग्राम, ओडारी, कोहलपूर र सूख्खानगर कर्णाली प्रदेशको जाजरकोट, जुम्ला, जुफल, सिमीकोट र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको ढकारी र पाटनमा विभिन्न वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरी वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ ।
कार्यक्रममा युवा तथा विद्यार्र्थीवर्गमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको बैंकले जनाएको छ । वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको जनाएको छ ।
नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैकिङ्ग प्रणाली मजवुत हुने साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।
बैंकले ६१ जिल्लामा रहेका २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।
प्रतिक्रिया