बिहीबारको राशि: तुलालाई बैंकिङको सेयरमा लाभ, मीनलाई पार्टनरसिपको लगानीले घाटा

231
Shares

आज विक्रम संवत् २०८१ साल चैत १४ गते बिहीबार । अङ्ग्रेजी क्यालेन्डरअनुसार इस्वि संवत् सन २०२५ मार्च २७ तारिख ।
शक संवत् १९४६, नेपाल संवत् ११४५ चौलाथ्व । कालयुक्तनाम संवतसर । सूर्य उत्तारायण । वसन्त ॠतु। चैत्र कृष्णपक्षको त्रयोदशी तिथि रातको ९:०८ मिनेटसम्म, त्यसपछि चतुर्दशी तिथि लाग्ने छ । शतभिषा नक्षत्र रातको ११:१ बजेसम्म, त्यसपछि पूर्वभाद्रपदा नक्षत्र लाग्नेछ ।

साध्य योग बिहान ७:२७ बजेसम्म, त्यसपछी शुभ रहनेछ बिहानको ४:५५ बजेसम्म, त्यसपछि शुक्ल। गर करण बिहान ०९:५९ बजेसम्म, त्यसपछी वणिज रातको ९:०८बजेसम्म, त्यसपछि भद्रा लाग्ने छ ।

चन्द्रमा आज कुम्भ राशिमा रहेको छ भने आनन्दादी योग वज्र। सूर्योदय बिहान ६ बजेर २ मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ६ १८ मा हुनेछ ।

अब सुरु गरौं आजको आर्थिक राशिफल

मेष

लगानीका लागि शिक्षा, गाडी खरिद, सुनचाँदी र धार्मिक कार्य लाभदायक देखिन्छ भने ऋण कारोबार ठूला साझेदारी उद्योग, घर जग्गा, ढुङ्गामाटो जस्ता क्षेत्रमा लगानी गर्दा सचेत हुनु पर्ने देखिन्छ । सेयर बजारमा बैंकिङ र ऊर्जा क्षेत्र सुधारोन्मुख देखिए पनि दूरसञ्चार क्षेत्र अस्थिर रहन सक्छ।

स्वास्थ्यमा पेट सम्बन्धी समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोस् । गुरु बृहस्पतिको आराधना लाभदायक हुनेछ, “ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः” मन्त्र जप गर्दा शुभ फल प्राप्त हुनेछ । पूर्वदिशा शुभ रहनेछ भने पश्चिम दिशामा सतर्क रहनुहोस् । पहेँलो रङ लाभदायक देखिन्छ, कालो टाढा राख्नुहोस् । शुभ अंक ५, अशुभ अंक ८ रहनेछ । गुरुजनको आशीर्वाद लिनुहोस्, बिहीबार फलदायी रहनेछ।

वृष

लगानीका लागि जग्गा, कृषि र सुनचाँदी लाभदायक देखिन्छ भने ऋण कारोबार विलासी सामानमा खर्च गर्दा हानी हुन सक्छ । सेयर बजारमा बैंकिङ र निर्माण क्षेत्र राम्रो देखिए पनि सूचना प्रविधि क्षेत्रमा उतारचढाव रहन सक्छ । पारिवारिक खर्चमा वृद्धिको संकेत छ । बचतको योजना बनाएर चल्नुपर्छ। स्वास्थ्यमा घुँडा वा जोर्नीको समस्या देखिन सक्छ । खानपानमा सन्तुलन राख्नुहोस् । गुरु बृहस्पतिको कृपा प्राप्त गर्न “ॐ बृं बृहस्पतये नमः” मन्त्र जप्नु लाभदायक हुनेछ । उत्तर दिशा शुभ रहनेछ भने दक्षिण दिशाको यात्रा गर्दा सतर्क रहनुहोस्। हरियो रङ लाभदायक रहने छ भने नीलो रङबाट टाढा रहनुस् । शुभ अंक ६, अशुभ अंक ९ रहनेछ । आज धैर्य राख्नुहोस्, सफलता तपाईंको हुनेछ।

मिथुन

लगानीका लागि शिक्षा, पर्यटन, सञ्चार र पुस्तक व्यवसाय लाभदायक देखिन्छ भने अदालत सम्बन्धी काम र अनावश्यक विलासितामा खर्च गर्दा नोक्सान हुन सक्छ । सेयर बजारमा सूचना प्रविधि र ऊर्जा क्षेत्रमा सुधार आउने देखिन्छ तर बैंकिङ क्षेत्रमा उतारचढाव रहन सक्छ । घरायसी खर्च सामान्य भए पनि अनावश्यक यात्रामा धन खर्च हुने सम्भावना छ । बजेटअनुसार चल्नु राम्रो हुनेछ । स्वास्थ्यमा नसासम्बन्धी समस्या देखिन सक्छ, पर्याप्त आराम लिनुहोस् । गुरु बृहस्पतिको कृपा प्राप्त गर्न “ॐ गुं गुरवे नमः” मन्त्र जप्नु शुभ हुनेछ । पश्चिम दिशा लाभदायक उत्तर दिशामा सतर्कता अपनाउनुहोस् । पहेँलो रङ शुभ, रातो रङ टाढा राख्नुहोस्। शुभ अंक ७, अशुभ अंक २ रहनेछ। बुद्धि र विवेकको सही प्रयोग गर्न सके सफलता मिल्नेछ।

कर्कट

लगानीका लागि घरजग्गा, कृषि, दूध तथा दुग्धजन्य पदार्थ, र परिवार सम्बन्धी व्यवसाय लाभदायक देखिन्छ भने ठूला व्यापारिक साझेदारी, ऋण कारोबार र विलासितामा खर्च गर्दा हानी हुन सक्छ । सेयर बजारमा बैंकिङ र खाद्य उद्योग क्षेत्र राम्रो देखिए पनि निर्माण क्षेत्र र रियलस्टेटमा उतारचढाव रहन सक्छ। पारिवारिक खर्च बढ्न सक्छ, तर योजनाबद्ध बचत गर्दा आर्थिक सन्तुलन रहन्छ। स्वास्थ्यमा पेट वा छालासम्बन्धी समस्या देखिन सक्छ। भगवान शिवको आराधना गर्नु शुभ हुनेछ। “ॐ नमः शिवाय।” मन्त्र जप गर्दा मानसिक शान्ति मिल्नेछ। उत्तर दिशा शुभ रहनेछ, पश्चिम दिशामा सतर्क रहनुहोस्। सेतो रङ शुभ, कालो टाढा राख्नुहोस्। शुभ अंक दुई, अशुभ अंक सात रहनेछ। आज धैर्य राख्नुहोस्, शुभ फल प्राप्त हुनेछ।

सिंह

लगानीका लागि शिक्षा, सरकारी काम, सवारीसाधन , सुनचाँदी, र रियल स्टेट लाभदायक देखिन्छ भने ऋण कारोबार, सट्टाबाजी, र विलासितामा खर्च गर्दा नोक्सान हुन सक्छ। सेयर बजारमा ऊर्जा र औद्योगिक क्षेत्र सुधारोन्मुख देखिए पनि बैंकिङ क्षेत्रमा उतारचढाव रहन सक्छ। पारिवारिक खर्च सामान्य भए पनि घरायसी आवश्यकतामा केही बढ्न सक्छ, बचतलाई प्राथमिकता दिनुहोस्। स्वास्थ्यमा रक्तचापसम्बन्धी समस्या देखिन सक्छ, तनाव कम गर्ने प्रयास गर्नुहोस्। भगवान विष्णुको आराधना गर्नु शुभ हुनेछ। “ॐ विष्णवे नमः।” मन्त्र जप गर्दा मन शान्त रहनेछ। पूर्व दिशा शुभ, दक्षिण दिशामा सतर्कता अपनाउनुहोस्। सुन्तला रङ लाभदायक, हरियो टाढा राख्नुहोस्। शुभ अंक १, अशुभ अंक ९ रहनेछ। आत्मविश्वासका साथ अघि बढ्नुहोस्, सफलता पाइनेछ।

कन्या

लगानीका लागि स्वास्थ्य, लेखन, पुस्तक प्रकाशन, औषधि, र शिक्षा क्षेत्र लाभदायक देखिन्छ भने ठूला साझेदारी, विलासिता, र अनावश्यक यात्रामा खर्च गर्दा हानि हुन सक्छ। सेयर बजारमा औषधि र सूचना प्रविधि क्षेत्र राम्रो देखिए पनि निर्माण क्षेत्रमा उतारचढाव रहन सक्छ। पारिवारिक खर्च बढ्न सक्छ, विशेष गरी स्वास्थ्य र आवश्यकताका कारण। स्वास्थ्यमा पेट वा स्नायु सम्बन्धी समस्या देखिन सक्छ, ध्यान पुर्याउनुहोस्। माता दुर्गाको आराधना गर्नु शुभ हुनेछ। “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे।” मन्त्र जप गर्दा आत्मबल बढ्नेछ। पश्चिम दिशा शुभ, उत्तर दिशामा सतर्क रहनुहोस्। हरियो रङ शुभ, रातो टाढा राख्नुहोस्। शुभ अंक ५, अशुभ अंक ८ रहनेछ। आज विवेक प्रयोग गरी निर्णय लिनुहोस्, सफलता मिल्नेछ।

तुला

लगानीका लागि व्यापार, कला, संगीत, र कानुनी परामर्श लाभदायक देखिन्छ भने ठुला साझेदारी, विलासिता, ऋण कारोबारमा खर्च गर्दा हानL हुन सक्छ। सेयर बजारमा बैंकिङ र सेवा क्षेत्र सुधारोन्मुख देखिए पनि ऊर्जा क्षेत्रमा उतारचढाव रहन सक्छ। पारिवारिक खर्चमा वृद्धि हुन सक्छ, बचतको योजना बनाएर चल्नु राम्रो हुनेछ। स्वास्थ्यमा छालासम्बन्धी समस्या देखिन सक्छ, सफाइमा ध्यान दिनुहोस्। देवी लक्ष्मीको आराधना गर्नु शुभ हुनेछ। “ॐ महालक्ष्म्यै नमः।” मन्त्र जप गर्दा आर्थिक समृद्धि प्राप्त हुनेछ। पश्चिम दिशा शुभ, उत्तर दिशामा सतर्क रहनुहोस्। गुलाबी रङ लाभदायक, खैरो टाढा राख्नुहोस्। शुभ अंक ६, अशुभ अंक ८ रहनेछ। कूटनीतिक तरिकाले काम गर्नुभयो भने सफलता पाइनेछ।

वृश्चिक

लगानीका लागि जलसम्बन्धी व्यवसाय, अनुसन्धान, उर्जा , औषधि, र रियल स्टेट लाभदायक देखिन्छ भने सट्टाबाजी। सेयर बजारमा औषधि र सूचना प्रविधि क्षेत्रमा सुधार देखिए पनि दूरसञ्चार क्षेत्रमा उतारचढाव रहनेछ। पारिवारिक खर्च सामान्य भए पनि आकस्मिक खर्च हुन सक्छ, बचतलाई प्राथमिकता दिनुहोस्। स्वास्थ्यमा रक्तचाप वा तनावसम्बन्धी समस्या देखिन सक्छ, ध्यान दिनुहोस्। भगवान हनुमानको आराधना गर्नु शुभ हुनेछ। “ॐ हं हनुमते नमः।” मन्त्र जप गर्दा आत्मबल बढ्नेछ। दक्षिण दिशा शुभ, पूर्व दिशामा सतर्क रहनुहोस्। रातो रङ शुभ, नीलो टाढा राख्नुहोस्। शुभ अंक ९, अशुभ अंक २ रहनेछ। आत्मबलका साथ अघि बढ्नुहोस्, सफलता मिल्नेछ।

धनु

लगानीका लागि शिक्षा, यात्रा, आध्यात्मिक कार्य, र कार्गो कुरियर लाभदायक देखिन्छ भने ऋण कारोबार, उर्जा , र अनावश्यक यात्रामा खर्च हुन सक्छ। सेयर बजारमा पर्यटन र बैंकिङ क्षेत्र सुधारोन्मुख देखिए पनि ऊर्जा क्षेत्रमा उतारचढाव रहनेछ। जीवन साथिको फजुल खर्चले मानसिक तनाव हुन सक्छ। स्वास्थ्यमा पेट वा नसासम्बन्धी समस्या देखिन सक्छ, । भगवान विष्णुको आराधना गर्नु शुभ हुनेछ। “ॐ नमो भगवते वासुदेवाय।” मन्त्र जप गर्दा मन शान्त हुनेछ। पूर्व दिशा शुभ, पश्चिम दिशामा सतर्क रहनुहोस्। पहेँलो रङ लाभदायक, कालो टाढा राख्नुहोस्। शुभ अंक ३, अशुभ अंक ७ रहनेछ। धार्मिक कार्यमा रुचि राख्दा मानसिक शान्ति मिल्नेछ।

मकर

लगानीका लागि घरजग्गा, सरकारी काम, खनिज पदार्थ, र उद्योगधन्दा लाभदायक देखिन्छ भने ठूला साझेदारी, सट्टाबाजी, र विलासितामा खर्च गर्दा हानि हुन सक्छ। सेयर बजारमा बैंकिङ र रियल स्टेट क्षेत्रमा सुधार देखिए पनि सूचना प्रविधि क्षेत्रमा उतारचढाव रहनेछ। पारिवारिक खर्च सामान्य भए पनि परिवारमा कुनै महत्वपूर्ण निर्णय लिनुपर्ने हुन सक्छ, सोचविचार गरेर अघि बढ्नुहोस्। स्वास्थ्यमा हड्डी वा जोर्नीसम्बन्धी समस्या देखिन सक्छ, शरीरको हेरचाह गर्नुहोस्। शनिदेवको आराधना गर्नु शुभ हुनेछ। “ॐ शं शनैश्चराय नमः।” मन्त्र जप गर्दा मानसिक शान्ति मिल्नेछ। दक्षिण दिशा शुभ, उत्तर दिशामा सतर्क रहनुहोस्। नीलो रङ शुभ, पहेँलो टाढा राख्नुहोस्। शुभ अंक आठ, अशुभ अंक पाँच रहनेछ। धैर्य राखेर अगाडि बढ्दा सफलता मिल्ने छ।

कुम्भ

लगानीका लागि औषधि, अनुसन्धान, विज्ञान, र शिक्षा क्षेत्र लाभदायक देखिन्छ भने सट्टाबाजी, अनावश्यक खर्च, र जलस्रोत क्षेत्रमा लगानी शुभ देखिदैन। सेयर बजारमा औषधि र सूचना प्रविधि क्षेत्र सुधारोन्मुख देखिए पनि बैंकिङ क्षेत्र उतारचढावमा रहन सक्छ। योजना बनाएर बचत गर्ने हो भने आर्थिक सन्तुलन कायम राख्न सकिन्छ। स्वास्थ्यमा मानसिक तनाव वा निद्रासम्बन्धी समस्या देखिन सक्छ, आराम र ध्यानमा ध्यान दिनुहोस्। भगवान शिवको आराधना गर्नु शुभ हुनेछ। “ॐ नमः शिवाय।” मन्त्र जप गर्दा शान्ति प्राप्त हुनेछ। पश्चिम दिशा शुभ, उत्तर दिशामा सतर्क रहनुहोस्। हरियो रङ लाभदायक, रातो टाढा राख्नुहोस्। शुभ अंक ३, अशुभ अंक ६ रहनेछ। ध्यान र विवेकले सफलता प्राप्त गर्न सकिन्छ।

मीन

लगानीका लागि कला, संगीत, पर्यटन, र धार्मिक कार्य लाभदायक देखिन्छ भने अनावश्यक खर्च, ठूला साझेदारीमा लगानी गर्दा घाटा हुन सक्छ। सेयर बजारमा कला र पर्यटन क्षेत्र राम्रो देखिए पनि ऊर्जा क्षेत्रमा उतारचढाव रहन सक्छ, तर आकस्मिक खर्च हुनसक्छ तयारी गर्नुपर्छ। स्वास्थ्यमा रक्तचाप र मानसिक तनावसम्बन्धी समस्या देखिन सक्छ,। देवी लक्ष्मीको आराधना गर्नु शुभ हुनेछ। “ॐ महालक्ष्म्यै नमः।” मन्त्र जप गर्दा आर्थिक समृद्धि मिल्नेछ। उत्तर दिशा शुभ, दक्षिण दिशामा सतर्क रहनुहोस्। सुन्तला रङ लाभदायक, नीलो टाढा राख्नुहोस्। शुभ अंक पाँच, अशुभ अंक दुई रहनेछ। आज तपाईंको राम्रो दिन हुनेछ, सकारात्मक सोच राख्नुहोस्।

जीवनमा सुख-समृद्धि बढिरहोस्, मन शान्त राख्नुहोस् र तपाईंका सबै कार्यहरू मंगलमय बनुन् । पुनः भेट हुनेछ भोलिको राशिफलमा, तबसम्म स्वास्थ, सुरक्षित र शुभ रहनुहोस् ! क्लिकमाण्डु डट कम हेर्दै गर्नुहोला लाइक कमेट सस्क्राइव गर्नुहोला तपाईंहरुको सुझाव र प्रतिक्रियाले हामीलाई अगाडि बढ्न मद्धत गर्नेछ । शुभदिन, नमस्कार ।