
काठमाडौं । घरजग्गा व्यवसायीहरुले संयुक्त लगानीका लागि अर्बन डेभलपमेन्ट कम्पनीमार्फत व्यवसायीकरुपमा लगानी गर्ने निर्णय गरेका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघको शुक्रबार बुटवलमा भएको वैठकले संयुक्त लगानीबाट गर्ने र त्यसले हाउजिङ क्षेत्र चलायमान गराउन सक्ने भन्दै संयुक्त लगानी गर्ने निर्णय गरेको हो ।
महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेका अनुसार व्यवसायी आफैंले एकएक लाख रुपैयाँ लगानी गरेर बृहत् हाउजिङ कम्पनीको सुरुवात गर्न लागिएको र उक्त कम्पनीमार्फत् १ करोड रुपैयाँ संकलन भइसकेको छ ।
देभैभरका घरजग्गा व्यवसायीमार्फत संकलन हुने यस्तो रकमसँगै उक्त कम्पनीमा स्वदेशी तथा विदेशी कम्पनीबाट पनि लगानी जुटाइने उनले बताए । विदेशी लगानीका लागि कोरियाको एक कम्पनीसँग सम्झौतासमेत भइसकेको छ भने दुवइको कम्पनीसँग सम्झौताको तयारी भएको घिमिरेले बताए । व्यवासायीले आफ्नो इच्छा अनुसार एउटैले एक लाख रुपैयाँभन्दा बढी लगानी गरेर बढी हिस्सा पनि लिन सक्ने व्यवस्था भएकाे उनकाे भनाइ छ ।
घरजग्गा व्यवसायलाई चलायमान नभएको, बैंक तथा वित्तीय क्षेत्रले लोन टु रेसियो बढाएर लगानीको वातावरण विगारेको र सरकारी नीति नियमले शिथिल पारेको यो क्षेत्रलाई सुधार्न पनि व्यवसायीले आफैं लगानी गर्ने निर्णय गरेकाे अध्यक्ष घिमिरेको भनाइ छ । घरजग्गा व्यवसायलाई सहजीकरण नगरे यो क्षेत्रका व्यवासायीले बैंक तथा वित्तीय क्षेत्रले निकाल्ले धितो लिलामी नसकार्ने र ऋणसमेत नलिने चेतावनी महासंघले दिएको छ।
घरजग्गा व्यवसायीले यसअघि नै ५० अर्ब रुपैयाँको वृहत् हाउजिङ कम्पनी खोल्ने घोषणा गरेका थिए । सोही अनुसार व्यवसायीहरुले व्यवस्थित आवास विकास गर्नका आवश्यक लगानी जुटाउने काम गरेको पाइएको छ ।
व्यवसायीले ठूला–ठूला आवास परियोजना सञ्चालन गर्न र टाउनसीप बनाउनको लागि हाउजिङ कम्पनी खोलेको पनि नेपाल जग्गा तथा आवास विकास महासंघको भनाइ छ ।
घरजग्गा व्यवसायी कम्पनीले ठूला टाउनसिप आयोजनामा काम गर्न सक्ने अवस्था छैन । अहिलेको ठूला कम्पनीको पुँजी एक/दुई अर्ब रुपैयाँ मात्र भएकोले बृहत् आयोजना बनाउन सक्ने सम्भावना नभएकोले व्यवसायीको संयुक्त लगानीमा बृहत् हाउजिङ कम्पनी खोलेको पनि उनको भनाइ छ
प्रतिक्रिया