
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई सार्वजनिक सम्पत्ति जोगाउन प्रयास कहिले गर्ने भन्दै प्रश्न गरेका छन् ।
मन्त्री सिंहलाई शाहले सोधेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो । कहिले गर्ने हो ?’
उनले आफूलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र र देश नहराउन उनले आग्रह गरेका छन् ।
‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला,’ शाहले भने, ‘यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला ।’
प्रतिक्रिया