८ महिनामा साढे १७ अर्बको १४ हजार ईभी आयात: चीन र भारतबाट कति ?

455
Shares

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनासम्ममा विभिन्न देशबाट नेपालमा १७ अर्ब ३९ करोड २१ लाख ५८ हजार रुपैयाँको १४ हजार ३०७ थान विद्युतीय सवारी साधान (ईभी) आयात भएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा १६ अर्ब ४९ करोड ५८ लाख ८५ हजार रुपैयाँको १३ हजार ७ थान विद्युतीय सवारी साधान आयात भएको थियो ।

भन्सार विभागका अनुसार फागुन मसान्तसम्म परिणाममा सवारी साधान आयात हुँदा राज्यले फागुन मसान्तसम्म १० अर्ब ४७ करोड ७३ लाख ३८ हजार रुपैयाँ कर पाएको छ ।

विभागका अनुसार नेपालमा चिन, भारतका साथै अमेरिका, जर्मनी, कोरिया, इन्डोनेसियाबाट विद्युतीय सवारी साधान आयात भएका छन् । आठ महिनासम्ममा सबैभन्दा बढी चिनबाट १३ अर्ब ७० करोड ३५ लाख ८४ हजार रुपैयाँको ११ हजार ५५० थान सवारी साधान आयात भएको छ । जसबाट राज्यले ८ अर्ब ४८ करोड ७६ लाख २ हजार रुपैयाँ कर पाएको छ ।

यस्तै भारतबाट आठ महिनाको अवधिमा ३ अर्ब ४५ करोड ४५ लाख ६३ हजार रुपैयाँको सवारी साधान आयात भएको छ । जसबाट राज्यले १ अर्ब ७७ करोड ३२ लाख रुपैयाँ कर पाएको छ ।

विभागका अनुसार इन्डोनेसियाबाट १८ लाख ७७ हजार रुपैयाँको १ थान, कोरियाबाट १६ करोड ८६ लाख ९० हजारको ३ थान, जर्मनीबाट १९ करोड ३ लाख ५६ हजारको २४ थान, अमेरिकाबाट २ करोड १४ लाख रुपैयाँको ५ थान सवारी साधान आयात भएको छ ।