
काठमाडौं । सेयर बजारमा अन्तिम समयमा हुने गरेको चलखेल रोकिएको छ ।
नेप्सेले आजदेखि अन्तिम कारोबार मूल्य कायम गरेकाो छ । यो सँगै कारोबार भएको बेला अन्तिम समयमा हुने गरेको चलखेल बन्द भएको हो ।
अब नेप्सेले अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गर्ने छ । चैत ५ गते बसेको नेप्से सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली ९चौथो संशोधन० २०८१ लाई आजदेखि कार्यान्वयन गरेको हो ।
अब नियमित कारोबार सत्रमा अपरान्ह २स्४५ बजेदेखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने नेप्सेले जनाएको छ । उक्त अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गरिने जनाएको छ ।
प्रतिक्रिया