आईपीओ निष्कासन गर्न दुई जलविद्युत कम्पनी पुगे सेबोन

259
Shares

काठमाडौं । दुईवटा जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न माग गर्दै धितोपत्र बोर्डमा पुगेका छन् ।

आईपीओ निष्कासन गर्न लागेका कम्पनीमा आरती पावर कम्पनी र मेवा डेभलोपर रहेका छन् । आरती पावरले प्रतिकित्ता सय रुपैयाँका दरले ३६ करोड रुपैयाँ ३६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यस्तै मेवाले प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब १२ करोड रुपैयाँको १ करोड १२ लाख कित्ता सेयर निष्कासन गर्न माग गर्दै बोर्डमा पुगेको छ । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

Skip This