दिल्लीमा नेपाल महोत्सव हुँदै, व्यापार तथा संस्कृतिको प्रवर्द्धन

49
Shares

काठमाडाैं । भारतको दिल्लीमा नेपाल महोत्सव हुँने भएकाे छ । व्यापार-संस्कृति विस्तार गर्न दिल्लीमा नेपाल महोत्सव हुने भएकाे छ । नेपाल र भारतबीच ब्यवसाय, संस्कृति र खाना प्रवर्धन गर्न चैत २९ देखि ३१ सम्म महोत्सवको आयोजना हुने भएको छ ।

भारतमा रहेको नेपाली दुतावाससँगको सहकार्यमा एभरेस्ट चेम्बर अफ कमर्शले नेपाल महोत्सवको आयोजना गर्न लागेको हो। नेपाल महोत्सव व्यापार, पर्यटन, व्यवसाय, संस्कृति र आध्यात्मिकता मार्फत भारत-नेपाल सम्बन्ध प्रगाढ बनाउने लक्ष्य राखिएको एभरेस्ट चेम्बर अफ कमर्शका अध्यक्ष युवराज बरालले बताए।

आयोजक ऐभरेस्ट चेम्बरमा महासचिव डा‍. मोहन कार्कीले महोत्सवमा व्यावसायिक नेटवर्किङ सत्रहरू, सांस्कृतिक प्रस्तुतिहरू, हस्तकला प्रदर्शनीहरू र मौलिक नेपाली खानाहरूसहित नेपालको व्यापार, पर्यटन, संस्कृति र धार्मिक क्षेत्रसँगै खाना र हस्तकला भारतीय नागरिकमाझ प्रवर्धन गरिने जानकारी दिए।

महोत्सव निर्देशक राजेन्द्र घिमिरेका अनुसार दिल्लीको बार्हखम्बा रोडमा रहेको नेपाली दुतावास परिसरमा आयोजना हुने कार्यक्रममा नेपाल-भारत व्यापार सम्बन्धी छलफल, बिटूबी र बिटुसी नेटवर्किङ बैठक, लगानी बिस्तार सम्बन्धी छलफल, पर्यटन र यात्रा प्रदर्शनी, सांस्कृितिक कार्यक्रम, नेपाली खाना र अध्यात्म शत्र समावेश छ।

घिमिरका अनुसार यो हरेक वर्ष आयोजना हुन्छ। ‘महोत्सवको आयोजना, नेपालको ब्यापार, संस्कृति र खानाको विस्तारको योजना सहित आयोजना गरेका हौँ’ घिमिरेले भने ‘ महोत्सवमा नेपाल-भारत दुबैतिरको ब्यवसायी सहभागी हुँदैछन्। महोत्सवले नेपाल प्रवर्धन गर्ने अपेक्षा गरेका छौँ।’

कार्यक्रम अवधीभर परम्परागत नेपाली नृत्य, संगीत र सांस्कृतिक प्रस्तुति,खाना प्रेमीहरूका लागि मौलिक नेपाली खाना स्टल, बि२बि व्यापार र उद्योग प्रदर्शनी र व्यावसायिक नेटवर्किङ अवसर, द्विपक्षीय व्यापार र पर्यटन बढाउने, सांस्कृतिक कूटनीति र व्यापार सम्बन्धहरू, उदीयमान व्यावसायिक लगानी क्षेत्रहरू, दिगो पर्यटन र सांस्कृतिक सम्पदा, भारत-नेपाल आर्थिक सहयोगको भविष्यबारे प्यानल छलफल हुने घिमिरेले बताए।

Skip This