रेकर्ड राखेर फर्कियो सुनको भाउ

1.5k
Shares

काठमाडौं । अघिल्लो कारोबार दिन उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । चाँदीको मूल्य पनि सामान्य घटेको छ ।

गत शुक्रबार सुन प्रतितोला १ लाख ७४ हजार ५०० रूपैयाँमा कारोबार भएकामा आज प्रतितोला ४०० रूपैयाँले घटेर १ लाख ७४ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला २ हजार ४५ रूपैयाँ कायम भएको छ । शुक्रबार सोही परिणामको चाँदी २ हजार ५० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २ हजार ९ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मुल्य ३ हजार डलर प्रतिऔंसको रेकर्ड मूल्यमा कारोबार भएको थियो ।