पोखरा फाइनान्सको सीईओमा प्रकाश गुरुङ

1.1k
Shares

काठमाडौं । पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन् । २६ फागुनमा बसेको फाइनान्सको सञ्चालक समिति बैठकले गुरुङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेकाे हाे ।

माघ २३ मा बसेको सञ्चालक समितिले तत्कालीन प्रमुख कार्यकारी अधिकृत रवि गुरुङलाई पदमुक्त गरेको थियो ।

त्यसपछि रिक्त प्रमुख कार्यकारी अधिकृतमा स्याङ्जाको पुतलीबजार स्थायी ठेगाना भएका गुरुङ नियुक्त भएका हुन् । हाल ग्रिन डेभलपमेन्ट बैंकका डिपुटी सीईओ रहेका उनले १ चैतदेिख पाेखार फाइनान्सकाे व्यवस्थापकिय नेतृत्व सम्हाल्नेछन् ।

फाइनान्सको निष्कृय कर्जा बढ्दै गएर कर्जा नोक्सानी व्यवस्था उच्च गर्नुपर्दा उच्च सञ्चित नोक्सानीमा छ । जसले गर्दा पूँजीकोष नै ऋणात्मक भएको हो । समस्याउन्मूख संस्थालाई सुधार गर्ने जिम्मा प्रकाश गुरुङले पाएका हुन् ।

Skip This