मधेसका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु

896
Shares

काठमाडौं । मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरीको मृत्यु भएको छ ।

प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको हो ।

मधेस प्रहरी कार्यालयका अनुसार आइतबार राति ११ बजे अचानक पेट र छाती दुखेका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा निधन भएको हो । सुरुमा स्थानीय अस्पतालमा लगिए पनि सुधार नभएपछि नोबेल अस्पताल लगिएको थियो ।

घटनामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।