
काठमाडौं । नेपालको इन्टरनेट २० सेवाप्रदायकको नियन्त्रणमा रहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्यांकअनुसार नेपालमा हालसम्म १०७ वटा इन्टरनेट सेवाप्रदायकले सेवा सञ्चालनको अनुमति लिएका र नवीकरण गराइरहेका भए पनि अस्तित्व देखिने ग्राहक संख्याका हिसाबले भने जम्मा २० कम्पनी रहेका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार बजारमा बलियो उपस्थिति देखाउनेदेखि सेवा सञ्चालनमा विस्तारै बजार बनाउँदै गरेकासहितका कम्पनीको तथ्यांकलाई उत्कृष्ट २० सेवाप्रदायकको रुपमा सूचीकृत गरिएको छ ।
यस्ता कम्पनीहरुमा सबैभन्दा बढी ग्राहक संख्याका हिसाबले पहिलो नम्बरको सूचीमा वर्ल्डलिंक रहेको छ । यसको ग्राहक संख्या ९ लाख ७३ हजार रहेको छ । यो संख्या बजारमा भएका सबै सेवाप्रदायकको तुलनामा सबैभन्दा राम्रो बजार हिस्सा भएको कम्पनी हो ।
वर्ल्डलिंक एक्लैको बजार हिस्सा ३१.७८ प्रतिशत रहेको छ भने सबैभन्दा कम अर्थात २० औं नम्बरमा परेको कम्पनी एभरेष्ट वायरलेस नेटवर्क रहेको छ । यो कम्पनीको बजार हिस्सा शून्य दशमवल २४ प्रतशित छ । यो बजार हिस्सा हुँदा यसको ग्राहक संख्या भने ७ हजार ३४० पुगेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार दोस्रो नम्बरमा नेपाल टेलिकमको इन्टरनेट पुगेको छ । यसको बजार हिस्सा ११.४३ प्रतिशत हुँदा ग्राहक संख्या ३ हजार ५० हजार पुर्याउन सकेको छ ।
तेस्रो नम्बरमा डिस मिडिया नेटवर्क छ । यसको ग्राहक संख्या ३ लाख ४३ हजार छ । यसैगरी चौथोमा सुविसुको ३ लाख १० हजार ग्राहक छन् भने पाँचौमा रहेको भायनेटको ग्राहक संख्या २ लाख ४२ हजार रहेको पनि तथ्यांकले देखाएको छ।
इन्टरनेट सेवाको लागि सहजै अनुमति पाइने र सेवा सञ्चालन गर्न सहज भएकोले सेवाप्रदायकलाई आउन खुला गरिएको छ । सेवाप्रदायकले ३ लाख रुपैयाँ तिरेर लिएको इजाजतपत्रबाट इन्टरनेटको सेवा दिन सक्छन् ।
प्राधिरकणले प्रतिस्पर्धाका आधारमा बजार बनाउन भन्दै इच्छुक सेवाप्रदायकलाई नरोकेका कारण हाल इमेलसहितको इन्टरनेट सेवा दिने कम्पनीको संख्या १०७ पुगेको हो । तर सेवामा भने ८७ कम्पनीको अतिथ्य भेटिदैँन । यी कम्पनीहरुले प्राधिकरणबाट अनुमति लिएपनि सेवा अब्बल दिन नसकेको र टप २० भित्र आउन नसकेको कारण मासिक रिपोर्टमा अरुको उपस्थिति नदेखिएको हो ।
प्राधिकरणका अनुसार हाल फिक्स्ड ब्रोडव्याण्ड इन्टरनेट सेवाप्रदायकको संख्या ३० लाख ६१ हजार रहेको छ । यो हिस्सा मध्ये ३० लाख ६० हजार ग्राहक नियमिति विवरण बुझाउने र २० सेवाप्रदायकभित्रै रहेका छन् ।

प्रतिक्रिया