काठमाडौं आइपुगे ज्ञानेन्द्र, पूर्वराजालाई फूल दिँदै ओलीविरुद्ध नाराबाजी

1.2k
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । आइतबार ४ बजे पूर्वराजा शाह पोखराबाट चार्टर्ड विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।

उनको स्वागतका लागि राजावादीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा उपस्थित भएका छन् ।

त्यसक्रममा समर्थकबाट पूर्वराजाले पुष्षगुच्छा ग्रहरण गरेका छन् ।

गाडीको सनरुफबाट बाहिर जिउ निकालेका पूर्वराजाको गाडी बिस्तारै निर्मल निवासतर्फ अघि बढेको छ ।

त्यसक्रममा राजावादीहरुले सरकारले र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् ।