डाटा सेन्टरलाई सूचीकृत हुन सञ्चार मन्त्रालयको आग्रह, सूचीकृत नभइ सेवा प्रदान गर्न नपाइने

77
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायकहरुलाई सूचीकृत हुन सार्वजनिक सूचना जारी गरेको छ ।

सूचना प्रविधिको प्रयोग मार्फत सरकारी, सार्वजनिक र निजी क्षेत्रबाट सिर्जना भएका डाटाहरूको सुरक्षित तथा गोपनीय तवरले प्रयोग गर्न र गराउन सरकारले गत माघ १५ मात्रै डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ जारी गरेको थियो ।

सोही निर्देशिका अनुसार देशभित्र भण्डारण गर्न प्रोत्साहित गर्ने तथा डाटा सेन्टर र क्लाउड सेवा प्रदायकहरूलाई सूचीकृत गरी सोको व्यवस्थापन मार्फत सूचना प्रविधि प्रणालीलाई भरपर्दो, सुरक्षित एवं प्रभावकारी रुपमा सञ्चालन गर्न सञ्चार मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको हो । यस्तो निर्देशिका अनुसार निर्देशिकाको दफा ३ बमोजिम डाटा सेन्टर तथा क्लाउड सेवा प्रदायकले सेवा प्रदान गर्नुपूर्व विभागमा सूचीकृत हुनु पर्ने व्यवस्था छ।

यो निर्देशिका प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका डाटा सेन्टर सञ्चालकले दफा ३ को उपदफा ९२० बमोजिमका तथा क्लाउड सेवा सञ्चालकले सोही दफाको उपदफा ९३० बमोजिमका कागजात संलग्न गरी यो निर्देशिका प्रारम्भ भएको छ महिना भित्र उपदफा (२) वा (३) सँग सम्वन्धित कागजात सहित अनिवार्य रुपमा विभागमा सूचीकृत हुन निवेदन दिनु पर्ने व्यवस्था छ ।

उक्त निर्देशिकाको दफा ३ ले तोके बमोजिम सूचिकृत हुन डाटा सेन्टर र क्लाउड सेवा प्रदायक संस्थाले तोकिएका कागजात सहित यस विभागमा निवेदन दिनु हुन यो सूचना जारी गरिएको छ।