आज बिहीबार: मेष र मीन बैंकिङ क्षेत्रमा सतर्क हुनु आवश्यक, कर्कटको घरपरिवार खर्च बढ्ने

483
Shares

काठमाडौं । नमस्कार, दर्शकवृन्द ! म अनुप खतिवडा, तपाईंहरूको आफ्नै ज्योतिष । आज हामी ग्रहहरूको चाल, तपाईंको राशिको प्रभाव, र यसको समाधानबारे विस्तृत रूपमा छलफल गर्नेछौं । हेरौँ, आज तपाईंको दिन कस्तो रहनेछ !

सुरू गरौं, आजको पञ्चाङ्गबाट ।

आज मिति विक्रम संवत् २०८१ साल फागुन २२ गते बिहिबार ।
अङ्ग्रेजी क्यालेण्डर अनुसार इस्वि संवत् सन २०२५ मार्च ६ तारिख
शक संवत् १९४६ । नेपाल संवत् ११४५ चिल्लाथ्व ।
कालयुक्त नाम संवतसर रहेको छ भने सूर्य उत्तरायण , शिशिर ॠतु ।
फाल्गुण शुक्लपक्ष सप्तमी तिथि दिउँसो ०३:३० बजेसम्म, त्यसपछि अष्टमी ।
आज रोहिणी नक्षत्र रहेको छ बिहान ०४:२६ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र रहनेछ ।
योग आज विष्कम्भ रहेको छ रातको १२:४६ बजेसम्म, त्यसपछि प्रीति रहनेछ ।
करण वणिज रहेको छ दिउँसो ३ :३० बजेसम्म , त्यसपछि भद्रा दिउँसो २:२५”बजेसम्म, त्यसपछि वव रहनेछ ।
चन्द्रमा आज वृष राशिमा रहेका छन भने । आनन्दादि योग उत्पात रहेको छ । सूर्योदय बिहान ६:२५ हुनेछ भने सूर्यास्त साँझ ०६:०७ मा हुनेछ ।

अब कुरा गरौं, आजको राशिफलको ।

मेष
आज आत्मविश्वास बढ्नेछ, तर हडबडीले हानि पुर्‍याउन सक्छ । आर्थिक रूपमा खर्च बढ्न सक्छ । तर सोचविचार गरेर गरिएको लगानी लाभदायक हुनेछ । कृषि, ऊर्जा, पर्यटन , तथा सूचना प्रविधि क्षेत्रमा लगानी गरेमा उपलब्धि राम्रो हुनेछ । , तर घर जग्गा , होटल रेस्टुरेन्टमा साथै भारी उद्योगमा जोखिम रहन सक्छ । स्वास्थ्य सेवा, हरित ऊर्जा , जलस्रोत तथा सूचना प्रविधिमा सेयर लगानी लाभदायक हुनेछ । तर धातु ,सुनचाँदी , रत्न, चम्किला गरगहना तथा बैंकिङ क्षेत्रमा सतर्क रहनुहोस् ।
जीवन साथी तथा सन्तान को सहयोग प्राप्त गर्नुहुनेछ । नाक कान घाँटी को समस्या देखिन सक्नेछ्न । शान्ति प्राप्त गर्न “ॐ कें केतवे नमः” मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा उत्तर-पश्चिम रहदा तपाईं हरुको लागि अशुभ दिशा दक्षिण-पूर्व रहेको छ ।शुभ रङ रातो र हरियो रहेको छ यी रंङ अधिक प्रयोग फाइदा जनक देखिन्छ ।, अशुभ रङ नीलो र खैरो, देखि तपाईं हरु टाढा रहनु नै शुभ हुनेछ । शुभ अंक ५ ले भाग्य वृद्धि गर्नेछ र ९, अङ्क ले आर्थिक वृद्धि गर्नेछ अशुभ अंक २ र ७ रहनेछन् । जीवनसाथीको साथले आत्मबल बढ्नेछ । प्रेम सम्बन्ध सुदृढ हुनेछ । नयाँ विचार तथा योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ । आत्मविश्वासका साथ अघि बढ्नुहोस्, सफलता प्राप्त हुनेछ ।

वृष
आज मानसिक शान्ति कायम राख्न प्रयास गर्नुहोस । किनकि केही अप्रत्याशित परिस्थितिहरूले तनाव दिन सक्छन् । आर्थिक पक्ष सामान्य रहनेछ, तर विलासिताका वस्तुहरूमा खर्च गर्नुभन्दा दीर्घकालीन लगानीमा ध्यान दिनु उपयुक्त हुनेछ । कृषि, शिक्षण, औषधि तथा खाद्य उद्योगमा लगानी फाइदाजनक हुनेछ, तर घरजग्गा, सवारीसाधन तथा होटल व्यवसायमा लगानी गर्दा सचेत रहनुहोस् । जलस्रोत, हरित ऊर्जा, स्वास्थ्य सेवा तथा सूचना प्रविधिमा सेयर लगानी फाइदाजनक देखिन्छ, तर धातु, तेल, भारी उद्योग तथा बैंकिङ क्षेत्रमा सतर्कता अपनाउनु राम्रो हुनेछ । घुँडा, हड्डी तथा पेटसम्बन्धी समस्या देखिन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोस् । शारीरिक र मानसिक सन्तुलनका लागि ” ॐ वज्रक्रोधाय महादंताय नम: मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा पश्चिम रहनेछ भने अशुभ दिशा उत्तर-पूर्व रहनेछ । शुभ रङ सेतो र हरियो रहनेछन्, यी रङहरूको प्रयोग फाइदाजनक देखिन्छ, जबकि खैरो र कालो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक ६ ले समृद्धि ल्याउनेछ, ३ ले अवसर वृद्धि गर्नेछ, जबकि अशुभ अंक ४ र ८ रहनेछन् । जीवनसाथीको सहयोग मिल्नेछ । प्रेमसम्बन्धमा आत्मीयता बढ्नेछ । नयाँ योजना तथा व्यावसायिक निर्णय गर्न अनुकूल समय छ । आत्मविश्वासका साथ अघि बढ्नुहोस्, सफलता तपाईंको पक्षमा रहनेछ ।

मिथुन
आजको दिन तपाईंका लागि आत्मविश्‍वास बढाउनेछ, तर छिटो निर्णय गर्दा सतर्क रहनुहोस् । आर्थिक रूपमा खर्च बढ्न सक्छ, तर बुद्धिमत्तापूर्वक गरिएको लगानीले भविष्यमा फाइदा दिलाउनेछ । सञ्चार, लेखन, व्यापार, प्रविधि तथा शिक्षा क्षेत्रमा लगानी राम्रो हुनेछ, तर रियल स्टेट, भारी उद्योग, तथा पेट्रोलियम व्यवसायमा जोखिम रहन सक्छ । स्वास्थ्य सेवा, नवीकरणीय ऊर्जा, सूचना प्रविधि तथा पर्यटन क्षेत्रमा सेयर लगानी लाभदायक देखिन्छ, तर धातु, सुनचाँदी, बैंकिङ तथा लगानी कम्पनीहरूमा सतर्कता अपनाउनु उपयुक्त हुनेछ । नसा सम्बन्धी समस्या तथा टाउको दुखाइ बढ्न सक्छ, तनाव कम गर्न ध्यान तथा योग लाभदायक हुनेछ । मानसिक शान्तिका लागि “ॐ बुं बुधाय नमः” मन्त्रको १०८ पटक जप गर्नु शुभ रहनेछ । शुभ दिशा उत्तर रहनेछ भने अशुभ दिशा दक्षिण-पश्चिम रहनेछ । शुभ रङ पहेँलो र हरियो हुनेछ, जसको प्रयोगले भाग्य बढ्नेछ, जबकि रातो तथा खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक ५ र ७ रहनेछन्, जसले मानसिक स्पष्टता र अवसर वृद्धि गर्नेछ, जबकि अशुभ अंक २ र ९ बाट बच्नुपर्छ । जीवनसाथी तथा प्रियजनसँग समय बिताउनु सकारात्मक रहनेछ । नयाँ सोच तथा योजनाहरू कार्यान्वयन गर्न उपयुक्त समय छ, आत्मविश्वासका साथ अघि बढ्नुहोस्, सफलता प्राप्त हुनेछ ।

कर्कट
आज तपाईंको आत्मबल बढ्नेछ, तर भावनात्मक निर्णय नगर्नुहोस् । आर्थिक पक्ष सामान्य रहनेछ, तर घरपरिवारका आवश्यकतामा खर्च बढ्न सक्छ । स्थिर सम्पत्ति, कृषि, शिक्षा, औषधि तथा रियल स्टेटमा लगानी फाइदाजनक हुनेछ, तर होटल व्यवसाय, सवारीसाधन तथा भारी उद्योगमा जोखिम रहन सक्छ । जलस्रोत, स्वास्थ्य सेवा, नवीकरणीय ऊर्जा तथा सूचना प्रविधिमा सेयर लगानी लाभदायक देखिन्छ, तर धातु, सुनचाँदी, बैंकिङ तथा बीमा क्षेत्रमा सतर्कता अपनाउनु राम्रो हुनेछ । छाती तथा पाचन प्रणालीसम्बन्धी समस्या देखिन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोस् । मानसिक शान्तिका लागि ॐ श्रीं ह्रीं क्लीं महा लक्ष्मीयै नमः” मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा उत्तर-पूर्व रहनेछ भने अशुभ दिशा पश्चिम रहनेछ । शुभ रङ सेतो र नीलो रहनेछन्, जसको प्रयोगले सकारात्मक ऊर्जा प्राप्त हुनेछ, जबकि रातो तथा खैरो रङबाट टाढा रहनु उचित हुनेछ । शुभ अंक २ र ७ रहनेछन्, जसले मानसिक सन्तुलन र आत्मविश्वास बढाउनेछन्, जबकि अशुभ अंक ३ र ८ बाट बच्नुपर्छ । परिवार तथा जीवनसाथीसँग आत्मीयता बढ्नेछ । प्रेमसम्बन्धमा समझदारी आवश्यक पर्नेछ । नयाँ योजना तथा दीर्घकालीन लगानीका लागि अनुकूल समय छ, आत्मविश्वासका साथ अघि बढ्नुहोस्, सफलता प्राप्त हुनेछ ।

सिंह
आज आत्मबल उच्च रहनेछ, तर अहंकारले सम्बन्ध बिगार्न सक्छ, त्यसैले विचारपूर्वक निर्णय गर्नुहोस् । आर्थिक पक्षमा स्थिरता आउनेछ, तर विलासितामा खर्च बढ्न सक्छ । कला, मनोरञ्जन, शिक्षा, प्रशासन तथा शेयर बजारमा लगानी लाभदायक हुनेछ, तर रियल स्टेट, भारी उद्योग तथा सवारीसाधन क्षेत्रमा जोखिम देखिन्छ । सूचना प्रविधि, स्वास्थ्य सेवा, नवीकरणीय ऊर्जा तथा पर्यटन क्षेत्रमा सेयर लगानी फाइदाजनक रहनेछ, तर धातु, पेट्रोलियम, बैंकिङ तथा बीमा क्षेत्रमा सतर्कता अपनाउनु उचित हुनेछ । मुटु तथा रक्तचापसम्बन्धी समस्या देखिन सक्छ, त्यसैले ध्यान र नियमित व्यायाम गर्नु लाभदायक हुनेछ । मानसिक शान्तिका लागि “ॐ ह्रीं ह्रीं सूर्याय नमः । मन्त्रको १०८ पटक जप गर्नु शुभ रहनेछ । शुभ दिशा पूर्व रहनेछ भने अशुभ दिशा उत्तर-पश्चिम रहनेछ । शुभ रङ सुन्तला र पहेँलो रहनेछन्, जसले आत्मबल बढाउनेछ, जबकि नीलो तथा खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक १ र ९ रहनेछन्, जसले नेतृत्व क्षमता बढाउनेछन्, जबकि अशुभ अंक ४ र ८ बाट बच्नुपर्छ । जीवनसाथीसँग सम्बन्ध सुमधुर रहनेछ । प्रेमसम्बन्धमा नयाँ उत्साह जाग्नेछ । नयाँ योजना तथा निर्णयहरू कार्यान्वयन गर्न अनुकूल समय छ, आत्मविश्वासका साथ अघि बढ्नुहोस्, सफलता तपाईंको पक्षमा रहनेछ ।

कन्या
आज तपाईंको मनोबल उच्च रहनेछ, तर धैर्य नप्नाइ र चाँडो निर्णय गर्दा समस्या आउन सक्छ । आर्थिक रूपमा केही नयाँ अवसरहरू देखा पर्नेछन्, तर लगानी गर्दा सोचविचार गर्नु महत्त्वपूर्ण छ । शिक्षा, लेखन, सञ्चार, र सेवा क्षेत्रमा लगानी लाभदायक हुनेछ, तर घरजग्गा, भारी उद्योग तथा सवारीसाधनमा जोखिम रहन सक्छ । जलस्रोत, नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा र सूचना प्रविधिमा सेयर लगानी फाइदाजनक हुनेछ, तर धातु, सुनचाँदी र बैंकिङ क्षेत्रमा सतर्कता अपनाउनु उचित हुनेछ । आँखा र जिवाणु संक्रमणसँग सम्बन्धित समस्याहरू देखा पर्न सक्छ, त्यसैले स्वास्थ्यमा ध्यान दिनुहोस् । मानसिक शान्तिका लागि ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा उत्तर-पूर्व रहनेछ भने अशुभ दिशा पश्चिम रहनेछ । शुभ रङ सेतो र नीलो रहनेछन्, जसले मानसिक शान्ति र सन्तुलन ल्याउनेछ, जबकि कालो र खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक ४ र ७ रहनेछन्, जसले अवसर र आत्मविश्वास बढाउनेछन्, जबकि अशुभ अंक ५ र ८ बाट बच्नुपर्छ । जीवनसाथीसँग समझदारी र प्रेममा वृद्धि हुनेछ । नयाँ योजनाहरूलाई कार्यान्वयन गर्न उपयुक्त समय छ, आत्मविश्वासका साथ अघि बढ्नुहोस्, सफलता प्राप्त हुनेछ ।

तुला
आज तपाईंको मनोबल र शान्ति कायम राख्न चुनौतीपूर्ण परिस्थितिहरू आउन सक्छन् । आर्थिक पक्ष सामान्य रहनेछ, तर योजनाबद्ध लगानीमा ध्यान दिनु पर्नेछ । कला, संगीत, फैशन, र विज्ञापन क्षेत्रमा लगानी राम्रो रहनेछ । शेयर बजारमा शैक्षिक सेवाहरू, स्वास्थ्य र खाद्य उद्योगमा सेयर लगानी लाभदायक हुनेछ, तर भारी उद्योग, रियल स्टेट र सवारीसाधनमा सतर्क रहनु राम्रो हुनेछ । स्वास्थ्य समस्याहरू जस्तै मानसिक तनाव र पाचन समस्याहरू देखिन सक्छ, त्यसैले सन्तुलित आहार र विश्राममा ध्यान दिनु आवश्यक हुनेछ । शान्तिका लागि “ॐ ह्रीं श्रीं शुक्राय नमः मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा उत्तर रहनेछ भने अशुभ दिशा दक्षिण-पश्चिम रहनेछ । शुभ रङ हरियो र गुलाबी रहनेछन्, जबकि नीलो र खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक ६ र २, अशुभ अंक ५ र ८ रहनेछन् । जीवनसाथीको साथमा सम्बन्धमा सुधार हुनेछ । नयाँ विचार र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ । आत्मविश्वासका साथ अघि बढ्नुहोस्, सफलता प्राप्त हुनेछ ।

बृश्चिक
आजको दिन तपाईंका लागि आत्मविश्वास र साहस बढाउनेछ, तर भावनात्मक निर्णय नगर्नुहोस् । आर्थिक क्षेत्रमा सामान्य स्थिरता रहनेछ, तर खर्चमा वृद्धि हुने संभावना छ । कृषि, रियल स्टेट, शिक्षा, र स्वास्थ्य सेवामा लगानी फाइदाजनक हुनेछ । शेयर बजारमा जलस्रोत, नवीकरणीय ऊर्जा, र सूचना प्रविधिमा लगानी राम्रो हुनेछ, तर भारी उद्योग, सुनचाँदी र बैंकिङ क्षेत्रमा सतर्क रहनु, केही कानुनी उल्झन मा पर्न सकिन्छ । शारीरिक रूपमा पाचन र पेटसम्बन्धी समस्या देखिन सक्छ, त्यसैले आहार र विश्राममा ध्यान दिनुहोस् । मानसिक शान्तिका लागि “”ऊँ क्रां क्रीं क्रौं स: भौमाय नम:
मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा उत्तर-पूर्व रहनेछ भने अशुभ दिशा पश्चिम रहनेछ । शुभ रङ रातो र पहेँलो रहनेछन्, जबकि नीलो र खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक १ र ८, अशुभ अंक ५ र ३ रहनेछन् । जीवनसाथी सँगको सम्बन्धमा सुधार आउनेछ । प्रेमसम्बन्धमा नयाँ उत्साह र समझदारी बढ्नेछ । नयाँ योजना तथा परियोजनाहरूमा ध्यान दिन उपयुक्त समय छ । आत्मविश्वासका साथ अघि बढ्नुहोस्, सफलता तपाईंको पक्षमा रहनेछ ।

धनु
आजको दिन तपाईंका लागि उत्साह र सृजनशीलता ल्याउनेछ, तर हडबडीमा निर्णय नगर्नुहोस् । आर्थिक रूपमा केही कठिनाइ आउन सक्छ, तर सोचविचार गरेर गरिएको लगानीले भविष्यमा लाभ पुर्याउनेछ । शिक्षा, यात्रा, अन्तर्राष्ट्रिय व्यापार, र अन्वेषणमा लगानी लाभदायक हुनेछ । शेयर बजारमा सूचना प्रविधि, नवीकरणीय ऊर्जा र स्वास्थ्य सेवा क्षेत्रमा लगानी राम्रो हुनेछ, तर भारी उद्योग, बैंकिङ र धातु उद्योगमा सतर्क रहनु आवश्यक छ । स्वास्थ्यमा गला, जिवाणु संक्रमण र मांसपेशीको समस्या देखिन सक्छ, त्यसैले नियमित व्यायाम र ध्यान गर्न महत्त्वपूर्ण हुनेछ । मानसिक शान्तिका लागि “ऊं ग्रां ग्रीं ग्रौं सः गुरुवे नमः ” मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा उत्तर-पश्चिम रहनेछ भने अशुभ दिशा दक्षिण रहन सक्छ । शुभ रङ सुन्तला र हरियो रहनेछन्, जबकि खैरो र नीलो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक ३ र ९, अशुभ अंक ५ र ७ रहनेछन् । जीवनसाथी र प्रियजनसँगका सम्बन्ध सुमधुर बन्नेछन् । प्रेमसम्बन्धमा समर्पण र समझदारी वृद्धि हुनेछ । नयाँ योजनाहरूलाई कार्यान्वयन गर्न अनुकूल समय छ, आत्मविश्वासका साथ अघि बढ्नुहोस्, सफलता प्राप्त हुनेछ ।

मकर
आज तपाईंको आत्मविश्वास र कार्यक्षमता उच्च रहनेछ, तर चाँडो निर्णय गर्दा सावधानी अपनाउनुहोस् । आर्थिक रूपमा राम्रो अवसरहरू आउनेछन्, तर अनावश्यक खर्चबाट जोगिनु महत्त्वपूर्ण छ । व्यापार, निर्माण, प्रौद्योगिकी र रियल स्टेट क्षेत्रमा लगानी लाभदायक हुनेछ, तर स्वास्थ्य सेवा, बैंकिङ र भारी उद्योगमा सतर्क रहनु आवश्यक छ । शेयर बजारमा जलस्रोत, नवीकरणीय ऊर्जा र कृषि क्षेत्रमा लगानी राम्रो हुनेछ, तर धातु, सुनचाँदी र रत्न उद्योगमा जोखिम रहन सक्छ । स्वास्थ्यमा जोड़ों र हड्डीसम्बन्धी समस्या देखा पर्न सक्छ, त्यसैले व्यायाम र सही आहारमा ध्यान दिनुहोस् । मानसिक शान्तिका लागि “ॐ शं शनैश्चराय नमः” मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा उत्तर-पूर्व रहनेछ भने अशुभ दिशा दक्षिण-पश्चिम रहनेछ । शुभ रङ हरियो र क्रीम रङ हुनेछ, जबकि नीलो र कालो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक ८ र १ रहनेछन्, जबकि अशुभ अंक ४ र ६ बाट बच्नुपर्छ । जीवनसाथी र परिवारसँगको सम्बन्ध सुधार्ने समय छ । प्रेमसम्बन्धमा समझदारी र सहयोग बढ्नेछ । नयाँ योजनाहरू र विचारलाई कार्यान्वयन गर्न उपयुक्त समय छ, आत्मविश्वासका साथ अघि बढ्नुहोस्, सफलता तपाईंको पक्षमा रहनेछ ।

कुम्भ
आज तपाईंको मनोबल उच्च रहनेछ, तर आन्तरिक संघर्ष र चिडचिडापनले तपाईंलाई अवरोध पुर्याउन सक्छ । आर्थिक रूपमा सामान्य स्थिति रहनेछ, तर अनावश्यक खर्चहरू बढ्न सक्छ । व्यापार, सञ्चार, विज्ञापन र शिक्षा क्षेत्रमा लगानी राम्रो हुनेछ, तर रियल स्टेट, भारी उद्योग र सवारीसाधनमा जोखिम रहन सक्छ । शेयर बजारमा सूचना प्रविधि, स्वास्थ्य सेवा र जलस्रोतमा लगानी फाइदाजनक हुनेछ, तर धातु, सुनचाँदी र पेट्रोलियम क्षेत्र सतर्कता अपनाउनुपर्नेछ । मानसिक शान्तिका लागि “ॐ शं शनैश्चराय नमः” मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । स्वास्थ्यमा मस्तिष्क र निद्रासम्बन्धी समस्या देखिन सक्छ, त्यसैले विश्राम र ध्यान गर्न महत्त्वपूर्ण छ । शुभ दिशा उत्तर-पश्चिम रहनेछ भने अशुभ दिशा दक्षिण रहनेछ । शुभ रङ नीलो र गुलाबी रहनेछन्, जबकि कालो र खैरो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक २ र ७ रहनेछन्, जबकि अशुभ अंक ५ र ८ बाट बच्नुपर्छ । जीवनसाथी र परिवारसँगको सम्बन्धमा सुधार हुनेछ । प्रेमसम्बन्धमा नयाँ विचार र समझदारी आउनेछ । नयाँ योजनाहरू र विचारलाई कार्यान्वयन गर्न उपयुक्त समय छ, आत्मविश्वासका साथ अघि बढ्नुहोस्, सफलता तपाईंको पक्षमा रहनेछ ।

मीन
आज तपाईंको मानसिक शान्ति र सृजनशीलता उच्च रहनेछ, तर भावनात्मक निर्णयबाट बच्न आवश्यक छ । आर्थिक रूपमा राम्रो अवसरहरू आउनेछन्, तर अनावश्यक खर्चबाट बच्न महत्त्वपूर्ण छ । व्यापार, कला, संगीत र साहित्यमा लगानी राम्रो हुनेछ, तर भारी उद्योग, रियल स्टेट र सवारीसाधनमा जोखिम देखिन्छ । सेयर बजारमा जलस्रोत, नवीकरणीय ऊर्जा, र स्वास्थ्य सेवा क्षेत्रमा लगानी लाभदायक हुनेछ, तर धातु, सुनचाँदी र बैंकिङ क्षेत्रमा सतर्क रहनु आवश्यक छ । स्वास्थ्यमा पाचन र मानसिक समस्याहरू देखिन सक्छ, त्यसैले सन्तुलित आहार र विश्राम महत्त्वपूर्ण हुनेछ । मानसिक शान्तिका लागि “ॐ बगलामुखी देव्यै ह्लीं ह्रीं क्लीं शत्रु नाशं कुरु मन्त्रको १०८ पटक जप गर्नु लाभदायक हुनेछ । शुभ दिशा उत्तर-पूर्व रहनेछ भने अशुभ दिशा दक्षिण-पश्चिम रहनेछ । शुभ रङ हरियो र सेतो रहनेछन्, जबकि खैरो र नीलो रङबाट टाढा रहनु राम्रो हुनेछ । शुभ अंक ३ र ५, अशुभ अंक ४ र ८ रहनेछन् । जीवनसाथी र प्रियजनसँगको सम्बन्ध सुमधुर रहनेछ । प्रेमसम्बन्धमा नयाँ उत्साह र समझदारी बढ्नेछ । नयाँ योजनाहरू कार्यान्वयन गर्न उपयुक्त समय छ, आत्मविश्वासका साथ अघि बढ्नुहोस्, सफलता तपाईंको पक्षमा रहनेछ ।

जीवनमा सुख-समृद्धि बढिरहोस्, मन शान्त रहोस्, र तपाईंका सबै कार्यहरू मंगलमय बनुन् । भोलि पुनः भेट हुनेछ । तबसम्म स्वस्थ, सुरक्षित र शुभ रहनुहोस् ! क्लिकमान्डु डटकम हेर्दै गर्नुहोला । लाइक कमेट सस्क्राइब गर्नुहोला । हजुरहरुको सुझाव र प्रतिक्रियाले हामिलाई थप अघि बड्न मद्दत गर्नेछ । शुभदिन । नमस्कार ।