विदेशिनु अघि नेपालमै किन्न पाइने सीमकार्डमा विकृति, कडाइ गर्दै नियामक

973
Shares

काठमाडौं । नेपालबाट वाहिरी देश जाँदा नेपालमै सिमकार्ड तथा रिचार्ज कार्ड लिन पाइने सेवामा विकृति बढेको गुनासो आएपछि नेपाल दूरसञ्चार प्राधिकरणले कडाइ गर्ने भएको छ ।

प्राधिकरणले विदेशी दूरसञ्चार सेवा प्रदायकहरुका सिमकार्ड तथा रिचार्ज कार्डहरु आयात गरेर बिक्री वितरण गर्दा अनिवार्य अनुमति लिन आग्रह गरेको छ ।

नेपालले एक दशकदेखि नै विदेशी जानु अघि नेपालमै सिमकार्ड दिन पाउने व्यवस्था गरेको थियो । यस्तो व्यवस्थाअनुसार एक दर्जनभन्दा बढी कम्पनीले सिमकार्ड आयात गरेर बिक्री गर्ने गरेका छन् ।

पछिल्लो समय यस्तो सिमकार्ड तथा रिचार्जकार्डमा अनुमति नलिइ बिक्री गर्ने विकृति बढेको गुनासो आएपछि दूरसञ्चार प्राधिकरणले कडाइ गर्ने भएको छ । त्यसका लागि विदेशी मुलुकहरुका दूरसञ्चार सेवा प्रदायक कम्पननीहरुको सिमकार्ड र रिचार्ज कार्डहरु विदेशी यात्रा गर्ने व्यक्तिहरुले बिक्री गर्नु अघि ‘नो अब्जेक्सन’ लिएर मात्र गर्न प्राधिकरणले निर्देशनसहितको सार्वजनिक सूचना जारी गरेको छ ।

प्राधिकरणका अनुसार हालसम्म एक दर्जनभन्दा बढी कम्पनीले विदेशी सेवाप्रदायकको सिमकार्ड बिक्रीको अनुमति लिएरका छन् । पछिल्लो समय बिना अनुमति नो अब्जेक्सन नलिइ यस्तो सिमकार्ड तथा रिचार्ड कार्ड बिक्री बढेको पाइएको प्राधिकरणकै एक उच्च अधिकारीको भनाइ छ ।

प्राधिकरणका अनुसार यस्तो सिमकार्ड बिक्री गर्नु अगाडि अनुमति लिनुपर्ने भनेर सूचना गरी भएको । अब अझै अटेर गर्ने कम्पनीलाई कारवाही गर्ने र यो व्यवस्थामा कडाइ गर्ने तयारी भएको पनि प्राधिकरणकै ती अधिकारीले क्लिकमान्डुलाई बताए ।