केपी ओली कपमा अराजकता, रातोकार्ड खाँदा खेलाडीले रेफ्रीमाथि हात हाले

728
Shares

काठमाडौं । केपी ओली कपमा रेफ्रीले रातो कार्ड देखाएपछि खेलाडीहरु अराजक भएका छन् ।

केपी ओली कपको आजको पहिलो खेलमा विभागीय टोली एपीएफ र संकटा फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो ।

एन्फा कम्प्लेक्समा विभागीय टोली एपीएफलाई पेनाल्टीमा ५–३ गोलले हराउँदै संकटा सेमिफाइनलमा पुगेको थियो ।

उक्त खेलमा रेफ्रीले रातो कार्ड देखाएपछि रेफ्रीसँग विवाद गर्दै संकटा फुटबल क्लबका विदेशी खेलाडीहरुले हात हाल्न पुगेको थिए ।

एपीएफका एलिक श्रेष्ठलाई संकटाका ओवोसु बोटेङले हात हालेपछि रेफ्री ज्ञान बहादुर तामाङले सिधै रातो कार्ड देखाए ।

जवाफमा संकटाका अन्य विदेशी खेलाडीले रेफ्रीलाई हातपात गर्न खोजे । कप्तान दीप कार्की लगायतले विदेशी खेलाडीलाई छुटाउनु परेको थियो ।