
काभ्रे । धुलिखेल नगरपालिका-१० सारदा बतासेमा यात्रुबाहक बस दुर्घटना भएको छ । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका-१०,सारदा बतासेस्थित बी.पी. राजमार्गमा काठमाण्डौंबाट रामेछापतर्फ जाँदै गरेको बागमती प्रदेश ३-०१-००५ ख ९९४२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा बस चालक र सहचालकसहित १८ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ। अस्पताल स्रोतका अनुसार चालक र सहचालकको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य यात्रुहरू मध्यम र सामान्य घाइते रहेका छन्।
घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी चौकी काभ्रेभञ्याङबाट प्रहरी निरीक्षक हरि बहादुर काफ्लेको कमाण्डमा चार जना ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको छ।
बस घटनास्थलमै रहेको छ भने सडक एकतर्फी रूपमा सुचारु गरिएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ।
प्रतिक्रिया