अमेरिका-इरान तनाव थप चुलियो, होर्मुज अनिश्चितकालका लागि रोकियो


एजेन्सी । विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिएको ‘स्ट्रेट अफ होर्मुज’ इरानले अनिश्चितकालका लागि बन्द गराएको घोषणा गरेको छ ।

उक्त घोषणापछि अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ । अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकी आक्रमणको जवाफ अझ कडा हुने चेतावनी दिएको छ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानले ‘खुला रूपमा आक्रमण’ गरेपछि यस साताको तेस्रो चरणको सैन्य कारबाही सञ्चालन गरिएको अमेरिकाले जनाएको छ।