एचआईडीसीएलमा डीसीईओदेखि प्रशासन अधिकृतसम्मको जागिर खुल्यो

1.7k
Shares

काठमाडौं ।हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडमा जागिरको अवसर खुलेको छ ।

कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (वित्त)देखि प्रमुख प्रशासन अधिकृतसम्मका लागि विज्ञापन खुलाएको हो । नायब प्रमुख कार्यकारी अधिकृत (वित्त) १ जना मागिएको छ । नायब प्रमुख कार्यकारी अधिकृत (हाइड्रोपावर) प्राविधिक तर्फ १ जना माग गरिएको छ । नायब प्रमुख कार्यकारी अधिकृत ११ तहका हुनेछन् ।

प्रमुख प्रबन्धक (प्रशासन) १ जना,  प्रमुख प्रबन्धक (हाइड्रोपावर) प्राविधिक १ जना, प्रबन्धक (हाइड्रोपावर) प्राविधिक १ जना (महिला),वरिष्ठ अधिकृत (वित्त) १  जना (महिला),अधिकृत (प्रशासन) १ जना महिला गरी कुल ७ जनाका लागि आवेदन खुलाइएको छ ।

योग्यता पुग्ने इच्छुक नेपाली नागरिकले फागुन २९ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरी चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ ।

दरखास्त दिने अन्ति मितिसम्म तह ६ र ७ को पदमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । तह ८ वा सोभन्दा माथिको पदका  लागि २१ वर्ष पूरा भई ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।