![](https://clickmandu.com/wp-content/uploads/2023/12/sarbajanik-rin-768x480.jpg)
काठमाडौं । सार्वजनिक ऋण २६ खर्ब ११ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको माघ महिनासम्मको तथ्यांक अनुसार अघिल्लो असारको तुलनामा १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँले ऋण बढेको छ ।
यो ऋण दायित्व कुल ग्राहस्थ्य उत्पादनको ४५.७७ प्रतिशत हुन पुगेको पनि तथ्यांकले देखाएको छ ।
सरकारको अन्तर्राष्ट्रिय ऋण दायित्व १३ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब रुपैयाँ रहेको पनि तथ्यांकले देखाएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको यस्तो तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्म सरकारले २ खर्ब ९० अर्ब रुपैयाँ ऋण प्राप्ति गरेको छ । यस्तो ऋणमा आन्तरिक ऋण २ खर्ब २९ अर्ब र बाह्य ऋण ६१ अर्ब रुपैयाँ रहेको पनि तथ्यांकमा उल्लेख छ ।
हाल नेपालको जनसंख्या करिब २ करोड ९६ लाख पुगेको छ । यो जनसंख्याको तथ्यांक अनुसार माघसम्ममा सरकारले लिएको ऋणसँग तुलनामा गर्दा प्रति नेपाली ऋणकोभार ८८ हजार रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया