
काठमाडौं । श्रीलङ्कन एयरलाइन्सको ऋण तिर्न २० अर्ब रुपैयाँ बजेट विनियोजन गरेकेो छ ।
सन् २०२५ का लागि प्रस्तुत बजेटमा श्रीलङ्कन एयरलाइन्सको ऋण भुक्तानीका लागि २० अर्ब रुपैयाँ विनियोजन गरिएको हो ।
राष्ट्रपति अनुरा कुमार डिसानायकेले बजेट भाषणका क्रममा १० अर्ब रुपैयाँ पुँजी भुक्तानी तथा १० अर्ब रुपैयाँ ब्याज भुक्तानीका लागि छुट्याइएको जानकारी दिए।
सरकारले एयरलाइन्सको ऋण भुक्तानीको दायित्व पूरा गरेपछि कम्पनीको नाफा सुनिश्चित गर्ने जिम्मेवारी भने पूर्णरूपमा एयरलाइन्सको हुने राष्ट्रपति डिसानायकेले प्रष्ट पारे।
प्रतिक्रिया