
काठमाडौं । बजाजको एन २५० मोडलको मोटरसाइकल सार्वजनिक भएको छ ।
बजाज एन २५० मा २४.५ पिएस पावर दिने २४९ सीसी सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड, आयल–कुल्ड इन्जिन समावेश गरिएको कम्पनीले जनाएको छ ।
डुअल च्यानल एबीएस, सुधारिएको चेसिस, एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र अपग्रेडेड एग्जस्ट सिस्टम रहेको छ । यसले बाइकलाई थप स्टाइलिश र सुरक्षित बनाउँने कम्पनीको दाबी छ ।
बजाज एन २५० को लन्चले बाइकप्रेमीहरूलाई नयाँ प्रविधि र डिजाइनका मोटरसाइकल अनुभव गर्ने अवसर प्रदान गरेको जनाएको छ ।








प्रतिक्रिया