नेपालमा चाँडै आउँदैछ सबैभन्दा बलियो स्मार्टफोन- अनर एक्स ९ सी फाइभजी

378
Shares

काठमाडौं । अनर एक्स नाइन सी फाइभजीको सफलतापछि, सेलट्रोन नेपाल प्रालिले ‘नेपालकै सबैभन्दा बलियो स्मार्टफोन’ अनर एक्स नाइन सी फाइभजी ल्याउन लागेको छ ।

अनर एक्स नाइन सी फाइभजी आफ्नो सेगमेन्टमा अब्बल सावित भएको थियो, जसमा ५८०० एमएएचको दीर्घकालीन ब्याट्री, ३६० डिग्री एण्टी-ड्रप सुरक्षा, १०८ एमपीको क्लीयर क्यामेरा, आकर्षक डिजाइन र दमदार परफर्मेन्स थियो ।

६.७८ इञ्चको घुमाउरो एमोएलइडी डिस्प्ले, १२९ एचजेड रिफ्रेश रेट र १२००-निट ब्राइटनेसले प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिएको थियो ।

अब, अनरले अझ मजबुत अपग्रेडसहित नयाँ भेरियन्ट अनर एक्स नाइन सी फाइभजी बजारमा ल्याउन लागेको छ, जसमा मजबूती, ब्याट्री, क्यामेरा, प्रयोगकर्ता अनुभव र थप धेरै सुधार गरिएको छ।