कोशी र गण्डकी प्रदेशको मौसम परिवर्तन हुने, बाँकी प्रदेशमा सफा रहने

168
Shares

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा पर्नेछ । कोशी र गण्डकीको बाँकी भाग भने सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

महाशाखाका अनुसार देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ ।

शनिबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।