
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबारको तुलनामा आज सुनको मूल्य ६ सयले बढेको हो ।
चाँदीको मूल्य भने आज घटेको छ । सोमबार १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया