
काठमाडौं । सबै स्थानीय तहमा बैंक पुर्याउने सरकारको सपना साकार भएको छ ।
संघीय संरचना निमार्ण भएको ८ वर्षपछि गत असोजमा ७५३औं स्थानीय तहमा एभरेष्ट बैंकले शाखा सञ्चालनमा ल्याएको थियो । भौगोलिक रुपमा विकट बझाङको साईपाल गाउँपालिकामा एभरेष्ट बैंकले शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकले गत असोजमा नै उक्त शाखा सञ्चालनमा ल्याएको थियो । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेसँगै गभर्नर महाप्रसाद अधिकारी बैंकको उक्त शाखा उद्घाटन गर्न पुगेका हुन् ।
एभरेष्ट बैंकको व्यवस्थापन र सञ्चालक समितिका पदाधिकारीसहित गभर्नर अधिकारी हेलिकोप्टर मार्फत उक्त शाखा उद्घाटनको लागि पुगेका हुन् ।
मुलुक संघीय संरचना गएसँगै सरकारी कारोबार वाणिज्य बैंकमार्फत् हुने व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सबै स्थानीय तहमा शाखा पुर्याउन निर्देशन दिएको थियो ।
आर्थिक वर्ष २०७४/७५ भित्र ७५३ वटै स्थानीय तहमा शाखा पुर्याउने नीति केन्द्रिय बैंकले लियो। सोही अनुसार वाणिज्य बैंकलाई रोजेर शाखा नपुगेका स्थानीय तहमा शाखा स्थापना गर्न निर्देशन दिएको थियो । बैंकले आफै शाखा खोल्ने प्रतिवद्धा जनाएका बाहेकका स्थानीय तहमा राष्ट्र बैंकले गोलाप्रथाबाट शाखा पुर्याउने बैंकको सुचि तयार बनायो ।
राष्ट्र बैंकको निर्देश्न अनुसार पुर्वाधार र व्यवसायिक सम्भावना भएका स्थानीय तहमा तत्काल शाखा विस्तार गरे । तर केही विकट क्षेत्रका स्थानीय तहमा आवश्यक पुर्वाधार र सुरक्षा व्यवस्थाका कारण बैंकहरुले शाखा विस्तार गर्न समस्या भयो ।








प्रतिक्रिया