अनलाइनमार्फत जुवा खेलाउने २३ जना पक्राउ


काठमाडौं । प्रहरीले अनलाइनमार्फत जुवा खेलाएको अभियोगमा काठमाडौंबाट २२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंको बूढानीलकण्ठस्थित एक घरमा छापा मारेर ति २३ जनालाई पक्राउ गरिएको हो । अनलाइन जुवा खेलाएको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरू अधिकांश भारतीय नागरिक छन् । कागजात हेरेर पक्राउ पर्नेहरूको विवरण यकिन गर्ने काम भइरहेको एसएसपी अधिकारीले जानकारी दिए । छापा मारिएको घरबाट प्रहरीले ८८ वटा मोबाइल र १० थान ल्यापटप बरामद गरेको छ ।