४ वर्षीय बालक अपहरण गरि पञ्जाव लैजाने थियो तयारी, होटलबाट प्रहरीको उद्धार


काठमाडौं । ललितपुर महानगरपालिका–१२ पाटनबाट ४ वर्षीय बालक अपहरण गरेको आरोपमा प्रहरीले एक भियतनामी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति माई होङ्ग किन्हालन रहेको प्रहरीले जनाएको छ ।

बिहीबार अपहरणमा परेको भन्दै बालक जिरे (पल चेपाङ) की आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार प्रहरीले बालकलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट उद्धार गरेको हो।

अनुसन्धानका क्रममा आरोपीले बालकलाई सो गेस्टहाउसमा बन्धक बनाएको खुल्न आएको छ ।

होटलबाट उद्धार गरिएका बालकलाई भारतको पञ्जाब लैजाने तयारी रहेको प्रहरीको भनाइ छ ।