आज सुनको भाउ बढ्यो, कति पुग्यो ?


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला एकसय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ६८ हजार २ सय रुपैयाँ तोकिएको छ ।

शुक्रबार सुन तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार नौसय ६० रुपैयाँमा किनबेच भइरहेको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो ।