उद्योगपति चौधरीले गैरीधारास्थित मिथिला थालीमा मनाए आफ्नो वैवाहिक वार्षिकोत्सव


काठमाडौं । नेपालका चर्चित उद्योगपति बिनोद चौधरीले काठमाडौंको गैरीधारास्थित मिथिला थालीमा आफ्नो वैवाहिक वार्षिकोत्सव मनाएका छन् ।

उद्योगपति चौधरी आफ्नो वैवाहिक वार्षिकोत्सव मनाउन सपरिबार शुक्रबार साँझ साढे ७ बजे मिथिला थाली पुगेका थिए ।

चौधरी परिबारलाई मिथिला थालीका मास्टर सेफ सन्तोष शाह आफै विभिन्न प्रकारका परिकार बनाएर खुवाएका थिए ।

मास्टर सेफ सन्तोष साहले आज सामाजिक सञ्जाल फेसवुकमा पोस्ट गर्दै चौधरीको वर्षगाँठका अवसरमा आफूले विभिन्न परिकार बनाएर खुवाएको बताएका छन् ।

उनका अनुसार वर्षगाँठ मनाउनका लागि उद्योगपति चौधरीसँगै पत्नी सारिका, छोरा निर्वाण, बुहारी तथा नातिनातिना उपस्थित भएका थिए ।

‘उद्योगपति चौधरीको वर्षगाँठका अवसरमा विभिन्न परिकार बनाएर खुवाउन पाउनु मेरा लागि पनि सम्मानको क्षण हो,’ उनले भनेका छन् ।

मास्टर सेफ शाहले चौधरी परिबारलाई विभिन्न १० प्रकारका शाकाहारी परिकार बनाएर खुवाएका हुन् ।

चौधरी परिवारका लागि शाहले तीन प्रकारका वेलकम ड्रिंक्स, क्यानापिज कोर्स, एपिटाइजर, फ्रस्ट मेन्स, मेन कोर्स, प्रि-डिजर्ट र डिजर्ट बनाएका हुन् ।

‘उहाँहरू वार्षिकोत्सव मनाउन आउने भन्नेबारे मलाई दिउसो २ बजेतिर मात्र खबर भयो । सुरुमा त के गर्ने भनेर म आफैँ अन्योलमा परेँ । तर करिब ३ घण्टाको तयारीपछि उहाँहरूलाई विभिन्न परिकार खुवाउन पाइयो,’ शाहले भने ।