![](https://clickmandu.com/wp-content/uploads/2024/12/Mausam-Himpat-768x337.jpg)
काठमाडौं। देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेपनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसममा आज आंशिक मौसम बदली हुने सम्भावना छ । यसले गर्दा यी चार प्रदेशको हिमाली भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशको मौसम शनिबार सफा रहनेछ । बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।
यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।
प्रतिक्रिया