काठमाडौं । अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा १० जना यात्रु बोकेको जहाज बेपत्ता भएको छ । विमान दुर्घटना भएको आशङ्का गरिएको छ ।
अलास्का राज्य प्रहरीका अनुसार नौ जना यात्रु र एक जना पाइलट सवार बेरिङ एयर क्याराभान अलास्काको स्थानीय समय अनुसार अपराह्न ४:०० बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान वेपत्ता भएको हो ।
यी दुई शहरहरू नोर्टन साउण्डमा एक अर्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर) को दूरीमा अवस्थित छन्।
खोजी तथा उद्धारकर्मीहरूले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेको अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् ।
हराएको यो विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो ।
गत जनवरी ३० मा राजधानी वासिङ्टनमा अमेरिकी सेनाको हेलिकप्टरसँग यात्रुबाहक विमान ठोक्किँदा विमानमा सवार सबै ६७ यात्रुको मृत्यु भएको थियो ।
फिलाडेल्फियाको व्यस्त इलाकामा अर्को एक मेडिकल विमान दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए ।
प्रतिक्रिया