तीन करोड ८ लाख घुस लिएको आरोपमा सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर

1.3k
Shares

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक हुँदा ३ करोड ८ लाख ५० हजार रुपैयाँ लिएको अरोप लगाउँदै आरोपमा सुनिल पौडेल विरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक समेत रहेका पौडेलविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदा केन्द्रको खरिद प्रक्रियामा संलग्न कम्पनीहरुबाट घुस लिएको आरोपमा उनिविरुद्ध मुद्दा दायर भएको हो । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदा पौडेलले नेपालका लागि ‘एफ५’ कम्पनीका प्रधिनीधि भारतीय नागरिक दीपक आनन्दसँगको मिलेमतोमा बढी मूल्यांकन गरेर घुस लिनेगरी ठेक्का सम्झौता गरी स्वीकृत गरेको अख्तियारले उल्लेख गरेको छ ।

पौडेलविरुद्ध यसअघि पनि अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)लाई राष्ट्रिय भुक्तानी प्रणाली स्थापनाको जिम्मेवारी दिई रकम निकासा गरेको, तर ठेक्का सम्पन्न भएको पाँच वर्षसम्म प्रणाली सञ्चालनमा नआएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । सोही मुद्दामा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको थियो ।