काठमाडौं । टाटाको बहुप्रतिक्षित कार कर्भ ईभी नेपाल आउने पक्का भएको छ ।
टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले फेब्रुअरीभित्रै नेपाल ल्याउने तयारी थालेको हो । प्रक्रिया सुरु गरिसकेकाले सक्दो छिटो नेपाल ल्याउने तयारीमा कम्पनी रहेको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए ।
अधिकारीका अनुसार बिवाईडीको एट्टो थ्री, ओमोडासँग प्रतिस्पर्धा गर्न ल्याउन लागिएको हो । यो कारले एमजी जेडएससँग समेत प्रतिस्पर्धा गर्नेछ । टाटाको यी कारहरुसँग प्रतिस्पर्धा गर्न खालको ईभी मोडल अहिलेसम्म बनेको थिएन ।
चिनियाँ कारहरु सस्तो मूल्यमा धेरै फिचर भएका कारण चर्चित छन् । चिनियाँ कारहरुममा इन्टेरियर र एक्स्टेरियरसमेत क्लासिक देखिन्छ । नेपाली बजारमा ईभीमा चिनियाँ ब्राण्डहरुको बर्चस्व छ । टाटाले पनि कर्भ ईभीमा फिचर, इन्टेरियर र एक्स्टेरियरमा समेत मेहनत गरेर डिजाइन तयार पारेको छ ।
टाटा मोटर्सको पाचौं ईभी कर्भ डट ईभी भारतीय बजारमा सार्वजनिक भइसकेको छ ।
आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिसहित टाटा कर्भ ईभीले नेपाली गाडी बजारमा लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । टाटा कर्भ ईभी पाँच भेरियन्टमा उपलब्ध छ । क्रियटिभ, अकम्प्लिस्ड, अकम्प्लिस्ड प्लस एस, इम्पावरड प्लस, र इम्पावरड प्लस ए रहेका छन् । यी मध्ये कुन भेरियन्ट नेपालमा उपलब्ध हुनेछन् भन्ने अहिलेसम्म स्पष्ट भएको छैन । टाटा कर्भ ईभी आकर्षक सेतो र खैरो दुई-रङको इन्टेरियर छ । यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ । हाई भेरियन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।
एलईडी लाइटिङ, टच-बेस्ड क्लाइमेट कन्ट्रोल,प्यानोरामिक सनरूफ छ । कम्पनीले सुरक्षामा समेत ध्यान दिएको छ । ६ वटा एयर ब्याग छन् । इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम छ । हिल स्टार्ट र डिसेन्ट असिस्ट, चालकले ध्यान नदिएको पहिचान गर्ने प्रणाली, ब्लाइन्ट स्पट मोनिटरलगायतका सुविधाहरु छन् ।
अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम छ । जसले सवारीसाधन, पैदलयात्री, साइकल चालक जंक्सनलगायतमा ठोकिन रोक्छ । गाडीलाई सुरक्षित राख्नको लागि स्वचालित ब्रेकले काम गर्नेछ ।
ब्याट्री प्याक ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याक छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिन्छ । टर्क २१५ एनएम छ ।
५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिन्छ । मोटर पावर १२३ किलोवाट आवर छ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ ।
यो कारले ५ स्टार सेफ्टी रेटिङ समेत पाएको छ ।
भारतमा यो ईभी मूल्य १७ लाख ४९ हजार भारुदेखि २१ लाख ९९ हजारसम्म पर्छ । नेपालमा यो कारको मूल्य कति पर्छ भन्नेबारे कम्पनीले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।
प्रतिक्रिया