काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।
कम्पनीले अहिले विदेशमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको छ । उक्त सेयरमा माघ २९ गतेसम्म आवेदन दिन सकिने छ ।
आव २०८०/८१ मा कम्पनीको प्रति सेयर नेटवर्थ १०३.२७ रुपैयाँ रहेको छ । यस्तै आव २०८१/०८२ मा १०९.३१ रुपैयाँ, आव २०८२/०८३ मा १२५.१८ रुपैयाँ, आव २०८३/०८४ मा १४५.९३ रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ ।
आव २०८०/८१ मा कम्पनीको प्रति सेयर आम्दानी २.४१ रुपैयाँ रहेको छ । यस्तै आव २०८१/०८२ मा १५.१८ रुपैयाँ, आव २०८२/०८३ मा १५.८१ रुपैयाँ, आव २०८३/०८४ मा २०.६५ रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ ।
आव २०८०/८१ मा कम्पनीको नाफा ८८ लाख ५५ हजार रुपैयाँ रहेको छ । यस्तै आव २०८१/०८२ मा २ करोड ६९ लाख ५९ हजार रुपैयाँ, आव २०८२/०८३ मा ९ करोड ९४ लाख ५९ हजार रुपैयाँ, आव २०८३/०८४ मा १९ करोड ६३ लाख २४ हजार रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ ।
कम्पनीमा हिमालयन लाइफको ११ लाख २५ हजार कित्ता, मेट्रो क्यापिटलको ८ लाख ७२ हजार ५०० कित्ता, किशन लाल दुगडको ३ लाख ५० हजार, केआरएस इन्भेष्टमेन्ट प्रालिको ३ लाख ५० हजार, श्रद्धा अग्रवालको २ लाख २७ हजार ५०० कित्ता, संगीता देवी मोरको २ लाख ८ हजार ५००, अनुपम राठीको १ लाख ७५ हजार, सुमन मोर १ लाख ५२ हजार, बीना मोरको १ लाख ५२ हजार, संजय गोल्छाको १ लाख २५ हजार, समृद्धि एण्ड कम्पनीको १ लाख २५ हजार, वैभव एण्ड कम्पनीको १ लाख २५ हजार कित्ता सेयर स्वामित्व छ ।
वैभव एण्ड कम्पनीको १ लाख २५ हजार कित्ता, आरएच इन्भेष्टमेन्ट एण्ड डेभलपर्सको १ लाख, इफिसियन्ट हायजिङ एण्ड इन्भेष्टमेन्टको १ लाख, आरएमसी कन्स्टक्सन एण्ड इन्भेष्टमेन्टको १ लाख, इलाइट हाउजिङ एण्ड इन्भेष्टमेन्टको ६२ हजार ५०० कित्ता र शोभारक न्यौपानेको १ लाख कित्ता सेयर स्वामित्व छ ।
हिमालयन रिइन्स्योरेन्सको सञ्चालकमा शेखर गोल्छा, शाहिल अग्रवाल, अमित मोर, रोहित गुप्ता,राजीव मोर र सुभेच्छा खरेल र सुवास झुनझुनवाला रहेका छन् ।
मेट्रो क्यापिटलको सञ्चालकमा मृदुला सरिय रहेकी छिन् । यस्तै केआर एस इन्भेष्टमेन्ट प्रालि को सञ्चालकमा कमलकिशोर मालपानी, नितेश मालपानी, श्रवण कुमार बेरिवाल, राजीव कुमार बेरिवाल, रघुनाथ घिमिरे रहेका छन् ।
समृद्धि एण्ड कम्पनी प्रा.लिमा सुहद ज्योति सञ्चालक रहेका छन् । वैभव एण्ड कम्पनी प्रा.लिमा सौरभ ज्योति, पद्म ज्योति र मिरा ज्योति रहेका छन् ।
आर.एच.इन्भेष्टमेन्ट एण्ड डेभलपर्स प्रा.लि सुशील कुमार शर्मा र गोपाल अग्रवाल रहेका छन् । इफिसियन्ट हाउजिङ एण्ड इन्भेष्टमेन्ट प्रा.लिमा सुमन अग्रवाल, पुनम कुमारी टिवडेवाल, प्रकाश अग्रवाल, रोहित अग्रवाल, गोपाल अग्रवाल, शुशील कुमार शर्मा, जिवन कुमार अग्रवाल, स्वाती अग्रवाल लोहिया रहेका छन् ।
आर.एम.सी.कन्स्ट्रक्सन एण्ड इन्भेष्टमेन्ट प्रा.लिमा श्रवण कुमार अग्रवाल, राजेश कुमार अग्रवाल, बिष्णु कुमार अग्रवाल सञ्चालक रहेका छन् ।
इलाइट हाउजिङ एण्ड इन्भेष्टमेन्ट प्रालिमा सुमन अग्रवाल, र पुनम कुमारी टिवडेवाल सञ्चालक छन् । ग्रीन अर्थ इन्भेष्टमेण्ट एण्ड कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि ऋषि राज मोर अध्यक्ष रहेका छन् । सञ्चालकमा मेट्रो क्यापिटलको प्रतिनिधि मृदुला सरिया, उक्त क्यापिटलका विदुर पुरी, र रोहित करण वैद्य रहेका छन् । यस्तै स्वतन्त्र सञ्चालकमा पवित्र लाल चुके रहेका छन् ।
प्रतिक्रिया