![](https://clickmandu.com/wp-content/uploads/2018/11/shikhar-insurance.jpg)
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १०.५२ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस १० प्रतिशत र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले फागुन १३ गते बार्षिक साधारणसभा हुने भएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुक क्लोज हुनेछ । माघ २९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
![](https://clickmandu.com/wp-content/uploads/2025/02/image-4-645x768.png)
प्रतिक्रिया