स्मार्ट तरिकाले फोनपे बिल्समार्फत बिमा प्रिमियम तिर्न मिल्ने, १००% सम्म क्याशब्याक पाइने


काठमाडौं । फोनपे बिल्सले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिंग एपमार्फत बीमा प्रीमियम सहज रूपमा तिर्न प्रोत्साहित गर्न र १००% क्याशब्याक जित्ने अवसर प्रदान गर्न अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गत तीन जना भाग्यशाली विजेताले आफ्नो बीमा प्रीमियम तिर्दा १००% क्याशब्याक (रु. १५,००० सम्म) प्राप्त गर्ने छन्।

यो अभियान माघ ३० गतेसम्म चल्नेछ । जसले ग्राहकहरूलाई बीमा प्रीमियम तिर्ने सहज र पुरस्कृत तरिका प्रदान गर्दछ।

सहभागी हुनको लागि, ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत फोनपे बिल्सको माध्यमले बीमा प्रीमियम तिर्नु पर्छ । सफल भुक्तानी पछि, उनीहरू स्वतः लकी ड्राको लागि योग्य हुनेछन् र १००% क्याशब्याक पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।

सहभागीता कसरी गर्ने:
१. आफ्नो मोबाइल बैंकिङ एप खोल्नुहोस्
२. “फोनपे बिल्स” वा “अनलाइन भुक्तानी” सेक्सनमा जानुहोस्
३. उपलब्ध भुक्तानी श्रेणीहरूमध्ये “बीमा” विकल्प छान्नुहोस्
४. आफ्नो पोलिसी नम्बर, जन्म मिति, भुक्तानी रकम भर्नुहोस् र सबै विवरणहरू सही छन् गरी जाँच गर्नुहोस्
५. भुक्तानी पुष्टि गर्नुहोस्

भुक्तानी सफल भएपछि, तपाईं १००% क्याशब्याक जित्ने लकी ड्रा को लागि योग्य हुनुहुनेछ!
यो अभियान फोनपे बिल्सको सहजता अनुभव गर्ने साथै भुक्तानी गरेर पुरस्कार प्राप्त गर्ने एक उत्कृष्ट अवसर हो।

फोनपे बिल्स फोनपेको एक सेवा हो जसको माध्यमले ग्राहकहरूले बिजुली, पानी, टिभी, इन्टरनेट, ईएमआई, सरकारी राजश्व, शिक्षा, एयरलाइन्स, र अन्य सेवाहरूको बिल आफ्नो मोबाइल बैंकिङ एपबाट केही क्लिकमा तिर्न सक्छन्।