नायिका अरुणिमा लम्सालले फेरि डिभोर्स गर्न लागेकी हुन्?


काठमाडौं । नेपाली फिल्म उद्योगकी अभिनेत्री अरुणिमा लम्सालको दोस्रो विवाह संकटमा परेको चर्चा चुलिएको छ ।

केही समयअघि मात्र सुनसरीका स्थानीय कांग्रेस नेता युवराज श्रेष्ठसँग मागी विवाह गरेकी अरुणिमाले आफ्नो सामाजिक सञ्जालबाट श्रीमान्‌सँगको सबै तस्वीर हटाएपछि उनीहरुबीच डिभोर्सको अड्कलबाजी सुरु भएको हो ।

गत भदौ ३ गते काठमाडौंको बत्तीसपुतलीस्थित राममन्दिरमा लगनगाँठो कसेका अरुणिमा र युवराजले विवाहपछि प्रेम र भरोसाका विषमा मिडियामा खुलेर गरेका थिए । विवाहको भोलिपल्टै उनीहरू टिभी शोमा समेत देखा परेका थिए । जहाँ युवराजले अमेरिका गएर पत्नीका साथ बस्ने इच्छा व्यक्त गरेका थिए । तर, विवाहको ६ महिना बित्न नपाउँदै सम्बन्ध चिसिएको संकेत देखिएको समाचारहरु बाहिरिएका छन् ।

अरुणिमाले विवाहको तस्बिरहरू आफ्नो फेसबुक र इन्स्टाग्रामबाट हटाएकी छिन् । साथै, उनले युवराजलाई इन्स्टाग्राममा फलो गरेको देखिएको छैन । युवराजलको सामाजिक सञ्जालमा विवाहका तस्वीरहरू अझै देख्न सकिन्छ ।

‘धोका पाएको’ आरोप

अरुणिमाले आफ्ना निकटस्थहरूसँग युवराजले आफूलाई धोका दिएको बताउने गरेकी छन् । केही समययता उनी युवराजसँगको सम्पर्कमा नरहेको अनुमान गरिएको छ । विवाहपश्चात् उनी अमेरिका फर्किएकी थिइन्, तर युवराज नेपालमै रहेका छन् ।

अरुणिमाको पहिलो विवाह विराटनगरका अमित अर्यालसँग भएको थियो । प्रेम विवाह गरेका उनीहरूको सम्बन्ध पछि टुट्यो । उनीहरूका एक छोरी पनि छन् । सम्बन्धविच्छेदपछि अरुणिमा अमेरिका गएकी थिइन् । जहाँ केही वर्ष बसेपछि उनले कांग्रेस नेता युवराजसँग मागी विवाह गरेकी थिइन् ।

छोटो समयमै नजिकिएर विवाह गरे पनि यो सम्बन्ध लामो समय टिक्न नसक्ने अवस्थामा पुगेको अनुमान गरिएको छ ।

हालसम्म दुबै जनाले सम्बन्धबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । तर, सामाजिक सञ्जालमा अरुणिमाका गतिविधिले यो सम्बन्धमा दरार आएको प्रस्ट संकेत गरेको चर्चा फिल्मी क्षेत्रमा छ ।

शुक्रबार मात्र गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग डिभोर्सका लागि अदालतमा मुद्दा दर्ता गरेकी थिइन् ।

Skip This