काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि बालि तथा पशुधन किसानको बिमा रकम भुक्तानी गर्न नेपाल बिमा प्राधिकरणको खातामा ८० करोड पठाइएको जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले शुक्रबार यस्तो बताएका हुन् ।
ओलीले भने, ‘कृषि बालि तथा पशुधनसम्बन्धी बिमामा समावेश भएका हजारौं कृषकको बिमा बापतको रकम भुक्तानी गर्ने ८० करोड रुपैयाँ नेपाल बिमा प्राधिकरणको खातामा पठाइएको छ ।’
ओलीले बैठकमा देशको कृषि, अर्थतन्त्र र निर्माण क्षेत्रका समसामयिक समस्यामा सरकारको कदमको समीक्षा गर्दै सकारात्मक प्रगति भएको बताए । उनले भने, ‘धेरै समयदेखि ३५ जिल्लाका कृषकलाई सरकारले एक सय दिन भित्रै भुक्तानी गरेका छौं।’
सरकारले अर्थतन्त्रको सुधारका लागि विभिन्न चुनौतीहरूको सामना गर्दै सकारात्मक परिणामहरू देखाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजस्व संकलन १३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको तुलनामा देशको अर्थतन्त्र सकारात्मक बाटोमा लम्किरहेको छ।’
प्रतिक्रिया