
काठमाडौ । नेपाल चेम्बर अफ कर्मसले आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालसहित विभिन्न ९८ वटा देशमा उत्पादन भएका वस्तुको अवलोकन तथा खरिद गर्न सकिने छ ।
मेलामा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायतका व्यवसायीले उक्त देशमा उत्पादित वस्तु पाइने छ । मेला पाँच दिनसम्म चल्ने छ ।

मेलामा स्वदेशी र विदेशी गरी १२५ भन्दा बढी स्टल छन् । एक्स्पोमार्फत स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको बताइएको छ ।
मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीले नविनतम् प्रविधि, उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरणबारे प्रत्यक्ष अवलोकन गर्न सकिने छ । यो अवलोकन तथा सामान खरिदको अवसर पनि हो ।

मेलामा वर्ष अन्तर्राष्ट्रियस्तरको ‘सफ्टवयर’ र ‘एआई’ परियोजना आर्कषणको केन्द्रको रुपमा रहेका छन् ।
यस वर्ष मेलामा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडाका सामान, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरण, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रसाधन सामग्रीलगायतको प्रदर्शनी आगन्तुकका लागि आकर्षणको केन्द्र बन्न सक्ने विश्वास गरिएको छ ।











प्रतिक्रिया